विराटनगर । बलिउड अभिनेता हर्षवर्धन राणे बेलाबेलामा नेपाल घुम्न आइरहन्छन् ।
नेपालमा उनका थुप्रै फ्यानहरु रकेका छन् ।
पुरुष भन्दा महिलाहरु उनी प्रती धेरै आर्कषित हुने गर्द छन् ।
गत वर्ष साउनमा पनि उनी नेपाल आएका थिए । उनी संग फोटो खिच्ने र भिडियो बनाउने उनका फ्यानहरुको भिड् लागेको थियो ।
त्यतिबेला उनले उपत्यकाका सांस्कृतिक सम्पदाको भ्रमण समेत गरे ।
विवाह समारोहमा समेत सहभागिता जनाएका थिए । यसपटक पनि उनी नेपाल घुम्न आएका छन् ।
तर अहिलेको भ्रमणको उद्देश्य भिन्न छ ।
उनी यतिबेला केही सहयोगीसहित पूर्वी नेपालको इलाममा छन्, जहाँ उनले लोपोन्मुख रेड पाण्डा (हाब्रे)लाई पछ्याउँदै आकर्षक तस्वीर खिचिरहेका छन् ।