‘पूर्णबहादुरको सारंगी’ बन्यो सर्वाधिक ‘सो’ पाउने नेपाली फिल्म

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २४ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । चलचित्र ‘पूर्णबहादुरको सारंगी’ ले अहिलेसम्मकै सर्वाधिक ‘सो’ पाउने नेपाली चलचित्रको कीर्तिमान बनाएको छ ।

सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रले दर्शकलाई सिनेमा हलसम्म आकर्षिते गर्दै मन जितिरहेको छ ।

Advertisement

यसअघि ‘बेहुली फ्रम मेघौली’ ले देशभरि ३३५ सो पाएर कीर्तिमान बनाएको थियो तर एक महिनाभित्रै उक्त रेकर्ड तोडिएको हो ।

‘बेहुली फ्रम मेघौली’ प्रदर्शन हुँदा अन्य चलचित्र नभएकाले सुरुवातमै धेरै सो पाएको थियो ।

‘पूर्णबहादुरको सारंगी’ लाई पनि हलवालाहरूले सुरुमा पत्याएका थिएनन् ।

कात्तिक १५ गतेदेखि देशभर एकैसाथ प्रदर्शनमा आएको यो चलचित्रले बिहीबार नेपालभरका सिनेमा हलमा ३८० भन्दा बढी ‘सो’ पाएको थियो ।

यसले नेपाली चलचित्रको इतिहासमै एकै दिन सबैभन्दा धेरै सो पाउने नेपाली चलचित्रको कीर्तिमानसमेत बनाएको फिल्म निर्माण संस्था सेभेन सिजले जनाएको छ ।

तिहारको अघिल्लो दिन शुक्रबार दुई भारतीय चलचित्र प्रदर्शन भएसँगै हलहरूले चलचित्रलाई जम्मा ५७ सोमा खुम्च्याइदिएका थिए ।

भारतीय चलचित्र ‘सिंघम अगेन’ लाई उनीहरूले १२१ सो र ‘भुलभुलैया ३’ लाई ८३ सो दिएका थिए ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

सहकारी बचत फिर्ता गर्न ऐन संशोधन गरिएको हो : मन्त्री प्रतिभा रावल
आईतबार २१ असार, २०८३
चितवनमा जंगली हात्तीको आक्रमणपछि आगलागी हुँदा आमा–छोराको मत्यु
आईतबार २१ असार, २०८३
मन्सुरीको पहलमा सहकारी बचत फिर्ता अभियान प्रभावकारी, झण्डै चार करोड रकम बचतकर्तालाई फिर्ता
शनिवार २० असार, २०८३
गुरुङ नेतृत्वको बर्जु–१ ले किसानलाई दियो विद्युतीय पानी तान्ने मेसिन
शनिवार २० असार, २०८३
बर्जु–२ ले गर्यो  किसानहरुलाई निःशुल्क स्प्रे मेसिन वितरण
शनिवार २० असार, २०८३
प्रधानमन्त्री बालेनलाई संसदमा आउन आङ्देम्बको आग्रह
शनिवार २० असार, २०८३
सरकारका सय दिन पूर्णत असफल : प्रचण्ड
शनिवार २० असार, २०८३
१०० दिन पूरा गर्दै सरकारले सार्वजनिक गर्‍यो उपलब्धिको विवरण
शनिवार २० असार, २०८३
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
शनिवार २० असार, २०८३
प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
शनिवार २० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०