विराटनगर । अभिनेता दीपकराज गिरी र अभिनेत्री दीपा निरौलाको आमा सरस्वती मूभिज १ अर्ब कमाइ गर्ने पहिलो नेपाली निर्माता कम्पनी बनेको छ ।
यस कम्पनीबाट बनेका आठ फिल्मको कूल कमाइ एक अर्ब पुगेको कम्पनी प्रमुख, निर्माता गिरीले जानकारी दिए ।
हाल यस कम्पनीद्वारा निर्मित फिल्म ‘छक्कापञ्जा ५’ प्रदर्शनरत छ ।
रिलिजको दशौँ दिन शनिबारसम्म ‘छक्कापञ्जा ५’को कमाइ जोड्दा फिल्मले सय करोडभन्दा धेरै कमाउने कम्पनीको कीर्तिमान रचेको हो ।
‘छक्कापञ्जा ५’को १५ करोड ग्रससहित कूल ८ फिल्मको कलेक्सन १ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।
‘छक्कापञ्जा’को पहिलो श्रृंखलाले १६ करोड, दोस्रोले १४ करोड, तेस्रो भागले २० करोड, चौंथो भागले १९ करोड, ‘छ माया छपक्कै’ले १४ करोड, ‘६ एकान ६’ले ७ करोड, ‘वडा नम्बर ६’ले ७ करोड कमाइ गरेको आमा सरस्वती मूभिजले जनाएको छ ।