पाँच दिनभित्र मेसीका दुई ह्याट्रिक, १० मिनेटभित्र गरे तीन गोल

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ४ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । अर्जेन्टिनी फरवार्ड लियोनल मेसीको ह्याट्रिक गोलको सहायतामा अमेरिकन लिग सकरमा इन्टर मियामीले फराकिलो जित निकालेको छ ।

आइबार बिहान भएको खेलमा मेसीआबद्ध मियामीले घरेलु मैदानमा न्यु इंग्ल्यान्डमाथि ६-२ गोलान्तरको जित निकालेको हो ।

Advertisement

मियामीको जितमा कप्तान मेसीले ह्याट्रिक गोल गर्दा लुइस स्वारेजले दुई तथा बेन्जामिन क्रेमास्कीले एक गोल गरे । न्यु इंग्ल्यान्डका लुका लांगोनी र डिलेन बोरेरोले एक-एक गोल गरे ।

खेलको दोस्रो मिनेटमा लांगोनी र ३४औं मिनेटमा बोरेरोले गोल गरेपछि पाहुना टोलीले अग्रता बनाएको थियो ।

खेलको ४०औं र ४३औं मिनेटमा स्वारेजले गोल गरेपछि मियामी बराबरीमा फर्कियो । ५८औं मिनेटमा बेन्जामिनले गोल गरेर मियामीलाई अग्रता दिलाए ।

खेलको ५७औं मिनेटमा बेन्चबाट मैदान प्रवेश गरेका मेसीले १० मिनेटभित्रै ह्याट्रिक पूरा गरे । उनले खेलको ७९, ८१ र ८९ औं मिनेटमा लगातार गोल गरेका थिए ।

३७ वर्षीय मेसीले पाँच दिनभित्र राष्ट्र र क्लबका लागि ह्याट्रिक गोल गरे । यसअघि विश्वकपको दक्षिण अमेरिकी छनोटमा बोलिभियाविरुद्ध उनले ह्याट्रिक गोल गरेका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०