नोकियाको कारोबारमा गिरावट, भारतमा ह्वात्तै घट्यो बिक्री

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १ कार्तिक, २०८१
७ महिनाअघि

एजेन्सी । फिनल्यान्डको दूरसञ्चार उपकरण निर्माता कम्पनी नोकियाको समग्र कारोबारमा गिरावट आएको छ ।

नोकियाले बिहीबार तेस्रो त्रैमासिकमा खुद नाफामा ३२ प्रतिशतले वृद्धि भएको जनाएको छ, जुन अघिल्लो वर्षको तुलनामा आठ प्रतिशत कम हो ।

नोकियाले तेस्रो त्रैमासिकमा ४.३ अर्ब युरो (४.७ अर्ब डलर) को बिक्री को घोषणा गरेको छ ।

मुख्यतया भारतमा मोबाइल नेटवर्कमा आएको गिरावटका साथै क्लाउड र नेटवर्क सेवाहरूमा भएको विनिवेशले बिक्रीलाई प्रभावित गरेको नोकियाले जनाएको छ ।

नोकियाका प्रमुख कार्यकारी पेक्का लुन्डमार्कका अनुसार सुधारिएको उत्पादन मिश्रण, क्षेत्रीय मिश्रण र उत्पादन लागत कम गर्ने कार्यहरूको संयोजनबाट प्रेरित मुनाफा ३२ प्रतिशतले बढेर १७ करोड ५० लाख युरो पुगेको हो ।

कम्पनीले आफ्नो सञ्चालन मुनाफा २.३ अर्बदेखि २.९ अर्ब यूरोको बिचमा राखेको छ । यद्यपि शुद्ध बिक्रीको रिकभरी आफूहरूले अपेक्षा गरेभन्दा ढिलो भइरहेको उनको भनाइ छ ।

फिनल्यान्डको बजार अनुसन्धान फर्म टेन्डर्सका विश्लेषक अट्टे रिकोलाले नोकियाको आम्दानीको विकास केही अपवादबाहेक अपेक्षाअनुरूप नै भएको बताए ।

नोकियाको खुद बिक्री एक वर्षदेखि घट्दै गए पनि अहिले भने सामान्य सुधारको अपेक्षा गरिएको छ । खुद बिक्री अझै घटेको छ किनभने बजारमा सुधार अपेक्षित रूपमा छिटो हुन नसकेको उनको भनाइ छ ।

नोकिया, स्वीडेनको एरिक्सन र चीनको हुवावेजस्ता प्रमुख दूरसञ्चार उपकरण निर्माताहरूले आफ्ना ग्राहकहरू अर्थात् टेलिकम अपरेटरहरूको लगानीमा मन्दी र भारतमा सुस्त वृद्धिको सामना गरेका छन् ।

एरिक्सन र नोकियाले फाइभजी उपकरणको माग कम हुँदै गएपछि लागत र रोजगारी कटौती गरिरहेका छन् ।

नोकियाले गत वर्ष अक्टोबरमा ८६ हजार कर्मचारीमध्ये १४ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो । एरिक्सनले यस साताको तेस्रो त्रैमासिकमा बिक्रीमा चार प्रतिशतले गिरावट आएको जनाएको छ ।

प्रकाशित समय: बिहिबार १ कार्तिक, २०८१, २१:१३:५५
भारतीय नागरिक १० किलो गाँजासहित पक्राउ
मङ्गलबार ३० ब‌ैशाख, २०८२
आन्दोलन शान्तिपूर्ण हुन्छ, भड्काउने काम नगर्नुहोस् : कमल थापा
मङ्गलबार ३० ब‌ैशाख, २०८२
नेपालमा सीए शिक्षामा अब नयाँ पाठ्यक्रम
मङ्गलबार ३० ब‌ैशाख, २०८२
कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्नुपर्छ : गृहमन्त्री
मङ्गलबार ३० ब‌ैशाख, २०८२
विस्थापितलाई पुनर्स्थापना गर्न भूमि ऐन तत्काल चाहियो : एमाले सांसद तामाङ
मङ्गलबार ३० ब‌ैशाख, २०८२
पनौतीको बाढीमा परेर बेपत्ता महिलाको खोजी जारी
मङ्गलबार ३० ब‌ैशाख, २०८२
धुलिखेलको खड्पुमा घरभित्रै छिर्‍यो टिपर
मङ्गलबार ३० ब‌ैशाख, २०८२
रुस–युक्रेन वार्ता : ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
मङ्गलबार ३० ब‌ैशाख, २०८२
पाकिस्तानले आक्रमण गरेको भनिएको पञ्जाबको आदमपुर एयरबेसमा पुगे मोदी
मङ्गलबार ३० ब‌ैशाख, २०८२
गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति संसद्‌मा ध्यानाकर्षण
मङ्गलबार ३० ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०