दसैंमा जुध्दै छन् तीन चलचित्र, कसले जित्ला दर्शकको मन ?

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २० असोज, २०८१
२ वर्षअघि

विराटनगर । एक समय त्यस्तो थियो जुनबेला दसैंलक्षित गरेर नायिका रेखा थापा आफ्नो चलचित्र चलाउन तत्पर हुन्थिन् ।

चाडपर्वमा उनकै चलचित्र बढी चल्थे ।

२०७१ सालको दसैंमा फूलपातीकै दिन रेखाले निर्माण गरेको चलचित्र ‘हिम्मतवाली’ प्रदर्शन भएको थियो ।

त्यसपछि उनका प्रायः चलचित्र दसैंमै प्रदर्शन हुन थाले ।

उनी मात्र होइन निर्माता छविराज ओझाले पनि दसैंलक्षित गरेरै चलचित्र प्रदर्शन गर्ने गर्थे ।

यसले हलमा उनीहरूको मात्र एकछत्र राज हुन्थ्यो । अन्य चलचित्रले दसैंमा प्रदर्शनका लागि हल नै पाउँदैन थिए ।

अरू बेलाभन्दा दसैँमा दर्शक बढी चलचित्र हेर्छन् । दर्शकसँग टीकाको भोलिपल्टदेखि पैसा पनि बढी हुन्छ ।

नेपालमा चलचित्र क्षेत्र सानो छ, त्यसमाथि हप्तामा एउटा चलचित्र चलाउन हम्मे हम्मे पर्ने चलचित्र नगरीमा एकभन्दा बढी चलचित्र प्रदर्शन भएपछि के हालत हुन्छ, त्यो हेर्न बाँकी छ ।

यस पटक पनि पुरानै क्रम दोहोरिएको छ ।

असोज २४ अर्थात् फूलपातीकै दिन पारेर एकैसाथ तीनवटा चलचित्र प्रदर्शनको तयारीमा छ ।

यसपालि दसैंमा ‘छक्का पञ्जा ५’, ‘ज्वाइँसाहेब’ र ‘१२ गाउँ’ भिडन्त गर्ने तरखरमा छन् ।

व्यावसायिक रूपमा अत्यधिक सफल मानिएको ‘छक्का पन्जा’ शृखलाको पछिल्लो फिल्म हो, ‘छक्का पन्जा ५’ ।

दीपकराज गिरी र दीपाश्री निरौलाको यस चलचित्रमा राजनीति र प्रेमकथालाई हास्यरसमा पस्कन खोजेको देखिएको छ ।

फिल्मको कथा तथा पटकथा दीपकराज गिरीले तयार पारेका हुन् भने संवाद लेखनमा भने उनले केदार घिमिरे ‘माग्नेबुढा’ र दिलीप तामाङसँग सहकार्य गरेका छन् ।

यसपटक पनि ‘राजा’ कै चरित्रलाई केन्द्रीय भूमिकामा निरन्तरता दिइएको फिल्ममा दीपक, केदारसहित वर्षा सिवाकोटी, राजाराम पौडेल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा, उत्तम केसी, ब्रजेस खनाल, हिउँवाला गौतम, नवीन श्रेष्ठ, दमन रूपाखेती, लोकेन्द्र लेखक, निर्मल शर्मालगायतको अभिनय रहेको छ ।

केदार र निर्मल शर्मा कार्यकारी निर्माता रहेको फिल्ममा केशव न्यौपाने र दीपेन्द्र खनियाँ निर्माताका रूपमा रहेका छन् ।

हरि हुमागाईंको छायांकन रहेको फिल्ममा विपिन मल्लको सम्पादन, गम्भीर बिष्ट र सुनिल क्षेत्रीको नृत्य निर्देशन तथा शम्भुजित बाँस्कोटा, दीपक शर्मा र बाबुल गिरिको संगीत समावेश छ ।

कलाकार दीपकराज गिरी आफ्नो चलचित्रसँग अन्य दुई चलचित्र जुध्न आउँदा खासै सशंकित नभएको बताउँछन् ।

अरूभन्दा आफूहरू स्थिर भएर बस्ने उनको भनाइ थियो । उनले भने, ‘भगवानले जे गर्छन् त्यो राम्रै गर्छन् । मलाई मेरो चलचित्रबाहेक अरू कसैको चलचित्रका बारेमा प्रतिक्रिया नै दिनु छैन ।’

उनले दर्शकलाई पैसा र समय छ भने टिकट काटेर तीन वटै चलचित्र हर्ने आग्रहसमेत गरे ।

‘यो कुनै फुटबल खेल होइन एउटाले जित्ने अर्कोले हार्ने, त्यसैले अरू साथीलाई टिप्पणी गर्नुभन्दा उहाँहरूलाई शुभकामना भन्न चाहन्छु,’ उनले भने ।

असोज २४ गतेदेखि नै दीपक–दीपा क्याम्पबाट छुट्टिएका कलाकार जितु नेपाल अभिनीत चलचित्र ‘ज्वाइँसाहेब’ रिलिज हुँदै छ ।

बसन्त निरौला निर्देशित यो फिल्ममा जितु र नीतिका साथमा हिमेश पन्त, बुद्धि तामाङ, प्रकाश घिमिरे, रमेश बुढाथोकी, शिशिर वाङ्देल, दीपक आचार्य ‘काकु’, निमा पाण्डे, कविता आले, शिबु पाण्डे लगायत कलाकारहरूको पनि अभिनय छ ।

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङ हुन् ।

रेड आई फिल्मस्को प्रस्तुति रहेको ज्वाइँ साबको कार्यकारी निर्मातामा विजय बस्याल छन् ।

सबिन अधिकारीको कथा, शंकर धितालको लेखन रहेको फिल्मलाई श्याम तामाङले छायांकन गरेका हुन् ।

कलाकार जितु नेपाल भन्छन्, ‘चाडबाडमा दुई वटा चलचित्र त मज्जाले नै चल्छ, अर्को एउटा थपिएको मात्र हो ।’

दीपकराज गिरीसँग चलचित्रलाई लिएर खासै मनमुटाव नभएको पनि उनले प्रस्ट पारे ।

‘उहाँहरूसँग म छुट्टिएँ त्यसैले पनि यस्तो हल्ला चलाएको हुन सक्छ । म स्वतन्त्र रूपमा कलाकारिता गर्न पाइरहेको छु । दसैँमा चलचित्र हेर्ने माहोल बन्ने भएकाले यी सबै कुरा भएको हो,’ उनी भन्छन् ।

यसैगरी, नेपाली चलचित्रमा खासै नाम र दाम कमाउन नसकेर भोजपुरी चलचित्रमा आफ्नो साख जोगाउन सफल कलाकार विराज भट्टको ‘१२ गाउँ’ पनि सोही दिन रिलिज हुँदै छ ।

विराज दोस्रो निर्देशकीय फिल्म ‘१२ गाउँ’ लिएर फर्किन लागेका हुन् ।

डेब्यु निर्देशकीय फिल्म ‘साङ्लो’ रिलिजको ४ वर्षपछि उनको पछिल्लो फिल्म प्रदर्शनमा आउन लागेको हो ।

विराज भन्छन्, ‘दशैंमा अन्य दुईभन्दा सुपरहिट होस् भन्ने मात्र मेरो चाहना होइन, मेरो चाहना नेपाली चलचित्रलाई कसरी माथि उठाउने भन्ने हो । विगत १० वर्षदेखि बच्चालाई पनि ट्रेनिङ गराउनुको कारण पनि त्यही हो ।’

प्रकाशित समय: आईतबार २० असोज, २०८१, ०७:४५:५५

सम्बन्धित खबर

किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा

शुक्रबार ८ साउन, २०८३
४ दिनअघि

चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना

बुधबार १० असार, २०८३
१ महिनाअघि

महेश बस्नेत अतिथि बनेपछि होन्डाले कमेडी च्याम्पियन्सबाट फिर्ता लियो प्रायोजन

बुधबार १३ फाल्गुण, २०८२
५ महिनाअघि

अरिजित सिंहले चलचित्र गायनबाट सन्यास घोषणा

बिहिबार १६ माघ, २०८२
६ महिनाअघि

पब्जी ई-स्पोर्ट्सको फिनाले सम्पन्न

बुधबार ८ असोज, २०८२
१० महिनाअघि

नवनियुक्त प्रधानमन्त्रीसँग कलाकारहरूको यस्तो अपेक्षा

आईतबार २९ भदौ, २०८२
११ महिनाअघि
देवानगञ्जमा फेरि भिडन्त : दुवै पक्ष हातहतियार सहित निस्किए 
मङ्गलबार १२ साउन, २०८३
सुनसरीको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाको प्रभाव विराटनगरमा : महानगरले बिदा नदिए पनि विद्यालय बन्द
मङ्गलबार १२ साउन, २०८३
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०