काठमाडौं । चाँडै फिल्ममा फर्किने तयारीमा रहेका अभिनेता निखिल उप्रेतीले कपाल प्रत्यारोपण (हेयर ट्रान्सप्लान्ट) गरेका छन् ।
एक्सन अभिनेताका रूपमा परिचित निखिलले दरबारमार्गस्थित आवरण स्किन एन्ड हेयर क्लिनिकमा नयाँ हेयर ट्रान्सप्लान्ट गरेका हुन् ।
निखिलले सर्जन डा.रूपक घिमिरेलगायत आधुनिक प्रविधि र विशेषज्ञ डाक्टरहरूको निगरानीमा कपाल राेपेका हुन् ।
फिल्मको छायांकनमा जादाँ लाइट, क्म्यामेराको किरणसँगै विभिन्न केमिकल, मेकअपका सामग्री, धुवाँ, धुलो, घाम, पसिना आदिका कारण आफ्नो कपालमा समस्या देखिएपछि हेयर ट्रान्सप्लान्ट गरेका हुन् ।
हेयर ट्रान्सप्लान्ट गरेका निखिल अबको ६ महिनापछि नयाँ हेयरका साथमा पर्दामा फर्किनेछन् ।
पहिलो र सफल चलचित्र पिंजडामार्फत कलिउडमा डेब्यु गरेका निखिल कुनै बेलाका चर्चित नायक हुन् ।
४४ वर्षीय निखिलले दर्जनौं चलचित्रमा अभिनय गरेका छन् ।
चलचित्र हामी तीन भाइका लागि निखिल उप्रेतिले राष्ट्रिय चलचित्र पुरस्कार २०६२ मा सर्वोत्कृष्ठ अभिनेताको पुरस्कार जितेका थिए ।