विराटनगरको हेरिटेजमा पब्लिक स्पिकिङ र ‘एमसी’ तालिम

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २० भदौ, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-४ बरगाछीस्थित हेरिटेज इन्टरनेसनल स्कुलले आफ्ना विद्यार्थीहरूलाई एकदिने पब्लिक स्पिकिङ र मास्टर अफ सेरेमनिज (एमसी) तालसम दिएको छ ।

बिहीबार स्कुलको सभाहलमा आयोजित तालिममा विराटनगरका पत्रकार सन्तोष सिग्देलले सहजीकरण गरेका थिए ।

Advertisement

हेरिटेजमै कक्षा ३ मा अध्ययन गर्ने सार्थक र कक्षा १ का साश्वता सिग्देलका अभिभावकसमेत रहेका सिग्देलले तालिममा स-साना विद्यार्थीहरूलाई कार्यक्रम सञ्चालनदेखि स्टेज कार्यक्रमसम्बन्धी विषयमा प्रयोगात्मक अभ्यास गराएका थिए ।

सभा-समारोहमा कसरी बोल्ने र प्रस्तुत हुने भन्ने विषयमा विद्यार्थीहरूलाई ज्ञान प्रदान गरिएको उक्त तालिमबाट छात्र-छात्र अभिप्रेरित भएको स्कुलका प्रिन्सिपल सुशान्त बानियाँले बताए ।

विद्यार्थीका आन्तरिक प्रतिभा प्रष्फुटनका लागि यस किसिमका विभिन्न तालिम आयोजना गर्दै आइरहेको र गर्दैजाने उनको भनाइ छ ।

विराटनगरको उत्कृष्ट विद्यालयमध्येको एक हेरिटेजले पठनपाठनका अलाबा विभिन्नखाले अतिरिक्त क्रियाकलापहरू गराइरहेको छ ।

बिहीबार नै स्कुलले कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूलाई सहभागी गराएर जुनियर स्विमिङ प्रतियोगिताको आयोजना गरेको थियो । त्यसअघि बुधबार स्कुलले कक्षा ४ देखि ७ सम्मका विद्यार्थीहरूको फ्रिस्टाइल ५० मिटर स्विमिङ प्रतियोगिताको आयोजना गरेको थियो ।

त्यसभन्दा अगाडि भने हेरिटेजले कक्षा ४ देखि १० कक्षासम्मका विद्यार्थीहरूलाई महिनावारी, महिनावारीको समयमा हुने शारीरिक र भावनात्मक परिवर्तनहरू, महिनावारीको समयमा हुने गलत अभ्यासलगायत विषयमा सचेत गराएको थियो ।

विराटनगर नर्सिङ क्याम्पसकी सहायक प्राध्यापक पुनम मण्डलले सहजकर्ताको भूमिका निभाएकी उक्त कार्यक्रममा महिनावारीका विषयमा विद्यार्थीहरूका लागि सचेतनामुलक ‘सेसन’ चलाइएको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
एल निनोको प्रभावले सन् २०२७ मा विश्व तापक्रमले नयाँ रेकर्ड बनाउने चेतावनी
सोमबार २६ असोज, २०८३
मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध
सोमबार २६ असोज, २०८३
पाकिस्तानमा आपत्कालीन शासनपछि पीटीआईका २७८ नेता–कार्यकर्ता पक्राउ
सोमबार २६ असोज, २०८३
सुदूरपश्चिमको बजेटमै विवाद, सत्तारूढ सांसदकै विरोधपछि प्रदेशसभा बैठक सर्‍यो
सोमबार २६ असोज, २०८३
जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध उजुरी
सोमबार २६ असोज, २०८३
गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान
सोमबार २६ असोज, २०८३
स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता
सोमबार २६ असोज, २०८३
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
सोमबार २६ असोज, २०८३
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा हुने
सोमबार २६ असोज, २०८३
महामन्त्रीमा पराजित घिमिरेको प्रतिक्रिया : हार–जित स्वाभाविक, राजनीतिक यात्रा जारी रहने
सोमबार २६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०