काठमाडौं । बलिउड अभिनेता नवाजुद्दिन सिद्दकी नेपाल आउने भएका छन् ।
चलचित्र ‘साम्बाला’को प्रिमियरमा सहभागी हुन बलिउड निर्देशक अनुराग कश्यप र कलाकार सिद्दकी नेपाल आउने भएका हुन् ।
‘साम्बाला’ भदौ २३ गते काठमाडौंमा प्रिमियर हुँदै छ । उक्त फिल्मको नेपाल प्रिमियरका लागि उनीहरू दुवै जना भदौ २२ मा आइपुग्ने ‘साम्बाला’का एसोसियट निर्माता मिन्सो लिम्बूले जानकारी दिए ।
यस फिल्मकी प्रमुख अभिनेत्री थिन्ले ल्हामोले लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि हालै ‘बोक्कालिनो डिओर’ अवार्ड पाएका थिए ।
मीनबहादुर भामद्वारा निर्देशित ‘साम्बाला’ भदौ २८ देखि रिलिज हुनेछ । चलचित्रको मुख्य भूमिकामा थिन्ले ल्हामो, कर्मालगायत मुख्य भूमिकामा छन् ।