टोनी क्रुस प्लेयर अफ द इयर घोषित

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २१ साउन, २०८१
२ वर्षअघि

विराटनगर । जर्मनीका मिडफिल्डर टोनी क्रुस सन् २०२३–२४ को सिजनका लागि जर्मनीका प्लेयर अफ द इयर घोषित भएका छन् ।

जर्मन स्पोर्ट्स म्यागजिन किकरले आयोजना गर्ने अवार्डमा उनी सन् २०१८ मा पहिलोपल्ट प्लेयर अफ द इयर घोषित भएका थिए । ३४ वर्षीय क्रुसले दोस्रोपल्ट अवार्ड जितेका हुन् ।

गत सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिग र स्पेनिस लिगमा दोहोरो जित दिलाएका क्रुसले गत महिना युरो कप विजेता स्पेनसँग पराजित भएपछि आफ्नो उत्कृष्ट खेल जीवनबाट सन्न्यास लिएका थिए ।

यस्तै, बायर लेभरकुजेनलाई बुन्डेसलिगाको उपाधि जिताए जाबी अलोन्सो भने कोच अफ द इयर बने ।

किकरका अनुसार क्रुसले २८५ मत प्राप्त गरेका थिए । लेभरकुजेन तथा जर्मनीका फ्लोरियन विर्ट्जले २४६ मत प्राप्त गरेका थिए भने स्विट्जरल्यान्डका मिडफिल्डर ग्रानिट जाकाले ६६ मत प्राप्त गरे ।

बायर्न म्युनिखको ११ वर्षको बुन्डेसलिगा दौड समाप्त गर्दै लेभरकुजेनले पहिलो उपाधि जितेको थियो ।

सिजनका सबै खेलमा लेभरकुजेन अपराजित रह्यो । अलोन्सोले पहिलोपल्ट कोच अफ द इयर घोषित भए । लेभरकुजेनले जर्मन कप पनि जितेको थियो ।

सन् २०२२ को अक्टोबरमा बुन्डेसलिगामा पुछारबाट दोस्रो स्थानमा रहेर लेभरकुजेनको प्रशिक्षकको जिम्मेवारी सम्हालेका ४२ वर्षीय अलोन्सोले ५०३ मत प्राप्त गर्दै स्टुटगार्टका प्रशिक्षक सेबास्टियन होएनी (४२) र हेडेनहाइमका प्रशिक्षक फ्रान्क श्मिट (५०) लाई पछि पारेका थिए ।

स्टुटगार्ट बुन्डेसलिगामा दोस्रो स्थानमा थियो भने हेडेनहाइमले आफ्नो पहिलो शीर्ष उडान सिजनमा आठौं स्थान हासिल गरेको थियो ।

प्रकाशित समय: सोमबार २१ साउन, २०८१, ११:१०:१६
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०