विराटनगर । पछिल्लो समय युवाहरूमा आफ्नो कला-संस्कृति र धर्मप्रति रुचि कम हुँदै गएको आभास पाउन सकिन्छ ।
व्यवहारिकता र व्यवसायिकताका कारण परिवार र परिवारका सदस्यप्रति आफ्नो जिम्मेवारी घटाउनतिर लागिपरेका छन्, युवापुस्ता ।
यस्तो अवस्थामा विराटनगरका युवाहरूले भने पाथीभरा र आमाप्रति समर्पित हुँदै एउटा भक्तिगान ल्याएका छन् ।
सांगीतिक क्षेत्रमा पाइला अगाडि बढाएका विराटनगरका युवाले सारेग नामक युट्युब च्यानलबाट पहिलो कोसेलीको रूपमा पाथीभरा माताको भक्ति गीत सार्वजनिक गरेका हुन् ।
पाथीभरा आमाको गीतमा सारेगको शब्द, स्वर र संगीत रहेको छ । भक्ति गीत उत्कृष्ट बन्दा म्युजिक भिडियोको कथा र कलाकारहरूको अभिनय निकै तारिफयोग्य छ ।
तथापि, छायांकन तथा सम्पादनमा भने सुधार गर्ने ठाउँ छन् । समग्रमा भन्नुपर्दा थोरै कमजोरीका बीच उत्कृष्ट सिर्जना भएको छ ।
भिडियोमा गोमा लम्साल, लकेश दंगाल, सागर लामिछाने आदिको अभिनय रहेको छ । विशाल पोख्रेल यसका निर्देशक हुन् ।