विराटनगर । जर्मनीमा जारी युरो कप २०२४ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति अन्तिम १६ को एक खेल सकिएसँगै क्वार्टरफाइनल पुग्ने आठै टोलीको छिनोफानो भएको हो ।
गएराति अस्ट्रियालाई २-१ गोलले हराउँदै टर्कीले क्वार्टरफाइनलमा स्थान पक्का गरेसँगै अन्तिम आठ पुग्ने सबै टोलीको टुंगो लागेको हो ।
यसपटक अन्तिम आठमा टर्कीसँगै स्पेन, जर्मनी, फ्रान्स, पोर्चुगल, इंग्ल्यान्ड, नेदरल्यान्ड्स र स्विट्जरल्यान्डले स्थान बनाउँदा साबिक विजेता इटाली भने समूह चरणबाटै घर फर्किएको छ ।
अब, सेमिफाइनलका लागि जर्मनी र स्पेन तथा पोर्चुगल र फ्रान्स भिड्ने छन् । यस्तै, इंग्ल्यान्डले स्विट्जरल्यान्डसँग अन्तिम चारका लागि खेल्दा नेदरल्यान्ड्सले टर्कीको सामना गर्ने छ ।
शुक्रबार रातिबाट क्वार्टरफाइनलका खेलहरू सुरु हुने छन् ।