सेन्ट भिन्सेन्टमा अभ्यास गर्दै सन्दीपसहितको नेपाली टोली

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १ असार, २०८१
२ वर्षअघि

विराटनगर । आइसिसी टी– २० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम दुई खेल खेल्न नेपाली टोली बिहीबार सेन्ट भिन्सेन्ट पुगेको छ ।

यसअघि बुधबार अमेरिकाको फ्लोरिडाबाट सेन्ट भिन्सेन्ट जानका लागि तय भएको नेपाली टोलीको यात्रा खराब मौसमका कारण रोकिएको थियो ।

बुधबार लगातार पानी परेका कारण हवाई उडान रद्द भएकोले नेपाली टोली बिहीबार दिउँसो वेस्ट इन्डिजको सेन्ट भिन्सेन्ट पुगेको हो ।

बिहीबार सेन्ट भिन्सेन्ट पुगेको नेपाली क्रिकेट टोलीले स्पिनर सन्दीप लामिछानेसहित अभ्यास गरेको छ ।

सन्दीप लामिछाने एक साताअघि नै विश्वकप कप खेल्न वेस्ट इन्डिज पुगेका हुन् ।

अमेरिकाले दुई पटकसम्म भिसा दिन अस्वीकार गरेपछि क्यानडा हुँदै वेस्ट इन्डिज पुगेका सन्दीपले सेन्ट भिन्सेन्टमा दक्षिण अफिका र बंगलादेशसँग समूह चरणको खेल खेल्नेछन् ।

उनको आगमनले टोलीको आत्मविश्वास थप बढेको नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले बताएका छन् ।

सन्दीप टोलीका लागि महत्त्वपूर्ण खेलाडी भएको र उनको आगमनले नेपालको लेग स्पिनर आक्रामक बन्ने प्रशिक्षक मोन्टीको भनाई छ ।

यसअघि नै वेस्टइन्डिज पुगेर तयारी गरेका सन्दीपले बिहीबार टोलीसँगै सामूहिक अभ्यास थालेका हुन् ।

समूह ‘डी’ अन्तर्गत नेपाल अमेरिकामा दुई खेल सकेर बाँकी दुई खेल खेल्न सेन्ट भिन्सेन्ट गएको हो ।

नेपाल समूहको पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो । डालासमा भएको पहिलो खेलमा नेपाल नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको थियो ।

यस्तै फ्रलोरिडामा बुधवारका लागि तय भएको श्रीलङ्काविरुद्धको दोस्रो खेल भारी वर्षाका कारण रद्द भएको थियो ।

नेपालले सेन्ट भिन्सेन्टमा शनिबार दक्षिण अफ्रिकासँग तेस्रो र साेमबार बंगलादेशसँग अन्तिम खेल खेल्नेछ ।

नेपाललाई समूह चरण पार गरेर सुपर आठमा स्थान बनाउन अबका दुई खेल जित्नै पर्ने बाध्यता छ ।

अहिले समूहमा लगातार तीन जित निकालेको दक्षिण अफ्रिका ६ अंक जोड्दै शीर्षस्थानमा छ । दक्षिण अफ्रिकाले सुपर आठमा स्थान बनाइसकेको छ ।

यस्तै, दोस्रो स्थानमा रहेको बङ्गलादेशको चार अंक छ ।

बिहीबार भएको खेलमा बंगलादेशले नेलरल्यान्ड्सलाई २५ रनले हराएको थियो ।

सेन्ट भिन्सेन्टको किङसटाउन मैदानमा भएको खेलमा जितका लागि बंगलादेशले दिएको एक सय ६० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३४ रनमा समेटिएको थियो ।

यसअघि, पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ५९ रन बनाएको थियो । हारे पनि तीन खेलबाट दुई अंक बनाएको नेदरल्यान्डस तेसो स्थानमा छ ।

दुई खेलबाट एक अंक बनाएको नेपाल चौथो र तीन खेलबाट एक अंक बनाएको श्रीलंका अन्तिममा छ ।

श्रीलंका विश्वकपबाट बाहिरी सकेको छ ।

प्रकाशित समय: शुक्रबार १ असार, २०८१, १०:३०:३१
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०