विराटनगरको गुरुकुलमा ‘चौथो अध्याय’, शुक्रबार अन्तिमपटक मञ्चन हुँदै

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३० जेठ, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगरको आरोहण गुरुकुल सुशीला कोइराला नाटक घरमा नाटक ‘चौथो अध्याय’ मञ्चन भइरहेको छ ।

गुरुकुलकै रविन चिमरिया र दीक्षा चौधरीले निर्देशन गरेको उक्त नाटक गत शुक्रबारबाट मञ्चन गर्न थालिएको थियो ।

Advertisement

अब, शुक्रबार अर्थात् भोलि अन्तिम शो मञ्चन हुने नाटकका कलाकार भरत कार्कीले जानकारी दिए । कार्की यस नाटकको परिकल्पनाकारसमेत हुन् ।

नाटक हरेक दिन बेलुका ५ः३० बजे मञ्चन भइरहेको छ ।

नाटक जीवनको उत्तरार्धमा देखापर्न सक्ने मनोसामाजिक अवस्थामा केन्द्रित छ ।

एउटी नारीले सामाजिक रुपमा भोग्नुपर्ने मानसिक तथा शारीरिक पिडालाई प्रायोगिक एवम् काव्यिक हिसाबले नाटकको माध्यमबाट देखाउने प्रयास गरिएको छ ।

त्यसबाहेक मृत्युनजिक पुगेर त्यसलाई जित्दै परिवर्तनका लागि संघर्ष गरेर पनि महिलाले जिउन सक्छन् भन्ने सन्देश नाटकले दिन खोजेको छ ।

अनेक विभेदको पेरिफेरिबाट माथि उठ्दै समाज परिवर्तनका लागि संघर्ष गरेर पनि महिलाहरू बाँच्न सक्छन् भन्ने सन्देश दिन खोजिएको कलाकार कार्कीको भनाइ छ ।

नाट्य साहित्यको अध्ययन तथा प्रयोगात्मक प्रक्रियामा अत्यन्तै आवश्यक रहने सुधारात्मक पद्धति ‘इम्प्रुभाइजेसन’ र पात्र तथा परिवेश कल्पना ‘इम्याजिनेसन’ बाट नाटकको संयोजन गरिएको छ ।

यो नाटक मनोसामाजिक खोज तथा अध्ययनको एउटा प्रायोगिक अभ्यास रहेको नाटककी निर्देशक दीक्षा चौधरीले जानकारी दिइन् ।

नाटकमा लक्ष्मीप्रसाद देवकोटा, पारिजात, चार्ल्स बुकोवस्की र विप्लव प्रतीकका कविताहरूलाई समेत प्रयोग गरिएको छ ।

नाटकले दर्शन, विचारधारा र व्यवहारिकताबीचको जीवनको विरोधाभाषपूर्ण संघर्षलाई समेत इंगित गरेर देखाउन खोजिएको छ ।

चौथो अध्यायमा भरत कार्कीका अलाबा दीक्षा चौधरी, प्रदीप दाहाल, रविन चिमरीया, यसश्वी चौधरीलगायतको अभिनय छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह

आईतबार १७ साउन, २०८३
२ महिनाअघि

किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा

शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि

चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना

बुधबार १० असार, २०८३
३ महिनाअघि

महेश बस्नेत अतिथि बनेपछि होन्डाले कमेडी च्याम्पियन्सबाट फिर्ता लियो प्रायोजन

बुधबार १३ फाल्गुण, २०८२
७ महिनाअघि

अरिजित सिंहले चलचित्र गायनबाट सन्यास घोषणा

बिहिबार १६ माघ, २०८२
८ महिनाअघि

पब्जी ई-स्पोर्ट्सको फिनाले सम्पन्न

बुधबार ८ असोज, २०८२
१ वर्षअघि
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०