बजार अनिश्चितता र बिउको अभावले कोशी प्रदेशमा घट्दै छ ओल खेती

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २४ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । बजारको अनिश्चितता र बिउ–बिजनको समस्यालगायत विविध कारण ओलको व्यावसायिक खेती गर्ने किसानको संख्या घट्दो छ ।

घरमै तरकारी–अचार खानेगरी पुस्तैनी रूपमा ओल लगाउने चलनलाई किसानले निरन्तरता दिएका छन् । सानो क्षेत्रफलमा ओलको खेती गर्ने किसानलाई यसको माग धान्न हम्मे–हम्मे पर्छ ।

तर, बाहिर बजारमा बेचेर आम्दानी गर्ने उद्देश्यका साथ ओलको व्यावसायिक खेती गर्ने किसानको संख्या भने न्यून छ ।

ठुलो क्षेत्रफलमा खेती गर्नेगरी बिउ–बिजन भेट्न मुस्किल अनि बजारको अभाव हुने डरले गर्दा पनि किसान व्यावसायिक रूपमा ओलको खेती गर्ने जोखिम उठाउन चाहँदैनन् ।

विभिन्न पौष्टिक तत्वहरुले भरिपूर्ण ओलको खेती गर्न अरू बाली लगाउनजस्तो मेहनत लाग्दैन । न त किरा लाग्ने डर, न मल अभावको चिन्ता । तर बिउ नपाउने समस्याबाट आजित बनेका किसान ओल खेती विस्तार गर्नबाट बञ्चित छन् ।

सुनसरीको हरिनगर गाउँपालिकाका किसान विद्यानन्द साह भन्छन्, ‘गाउँपालिकाको कृषि शाखाले बिउ उपलब्ध गराउने गरेको छ । तर, व्यावसायिक खेतीका लागि त्यो पर्याप्त छैन ।’

सोही स्थानका किसान डिल्लीप्रसाद मेहताले बिउका लागि ओल सर्लाही पुगेर ल्याउनुपर्ने बाध्यता रहेको बताए । बिउ भण्डारण गर्न नपाउँदा धेरै ल्याएर राख्न नसकिने उनको भनाइ छ ।

ओल रोप्ने समय भनेको माघदेखि फागुन अन्तिमसम्म हो । माटोमुनि फल्ने कन्दमुलका रूपमा चिनिने ओल वर्षायाम अर्थात्, असार, साउन र भदौ महिनामा खानयोग्य हुन्छ ।

ओलले गाउँघरमा वर्षायाममा तरकारीको अभाव टार्ने काम मात्र गर्दैन । स्वाद, सुगन्ध र पौष्टिक गुणले गर्दा ओल एक लोकप्रिय शाकाहारी खानेकुरा बनेको छ । तराई समुदायमा परम्परागत भान्छा र व्यञ्जनमा ओलको महत्वपूर्ण स्थान छ ।

‘बिहेलगायतको भोजमा पनि ओलका तरकारी र अचार बनाउँछाैं,’ स्थानीय मञ्जुकुमारी मेहता भन्छिन्,’तर, धेरै किन्न पाइँदैन । घरवरपर रोपेका ओलले पुग्दैन, ठुला भोजलाई ।’

परम्परागत तरिकाले सानो क्षेत्रफलमा ओलको खेती गरिरहेका किसानले बिउ नपाउने समस्याले गर्दा यसको खेती विस्तार गर्न नपाएको गुनासो गरेका छन् ।

समयमै उत्पादन गर्न सक्दा स्थानीय बजारमा ओलले राम्रो भाउ पाउने थाहा हुँदा हुँदै पनि ओल खेती विस्तार गर्न नसकेको दुखेसो किसानको छ ।

हरिनगरका किसान रामेश्व मेहता र शोभालाल मण्डलले आफ्नो पाँच कठ्ठा जति खेलमा ओल खेती गरेका छन् । तर, बिउको पर्याप्तता नहुँदा र बजारको अनिश्चितताले गर्दा ओल खेती विस्तार गर्न नसकिएको उनीहरूको गुनासो छ ।

ओल खेतीमा सीमित क्षेत्रफलमा धेरै उत्पादन गर्न सकिन्छ । प्रांगारिक मलले पुग्ने भएका कारण रासायनिक मलको प्रयोग गर्नु नपर्ने भएपछि ओल खेतीमा त्यति खर्च पनि छैन र यसको सेवन गर्नेको स्वास्थ्यमा नकारात्मक प्रभाव पनि पर्दैन ।

यसैले थोरै लगानीमा पनि उच्च आम्दानीको सम्भावना रहेका कारण किसान यतातर्फ लालायित त छन् । तर, थुप्रै चुनौती सामना गर्नुपरेका कारण उनीहरूले अपेक्षाकृत ढंगले ओलको उत्पादन बढाउन सकेका छैनन् । बिउ भारतबाट महँगोमा किन्नुपर्ने बाध्यताबाट पनि किसान हैरान छन् ।

ओल खेतीमा किसानले भोग्नुपरेका चुनौती र समस्याहरूलाई मध्येनजर गरेर कोशी प्रदेश सरकार ओल खेतीलाई प्रवद्र्धनमा जुटेको छ । बजारको अनिश्चितता र बिउ–बिजन नपाउने समस्यालगायत विविध कारणले घट्दै गएको ओलको प्रवर्द्धनमा प्रदेश सरकार लागिपरेको हो ।

व्यावसायिक खेती गर्न किसानलाई प्रेरित गर्ने लक्ष्यका साथ प्रदेश सरकारले स्थानीय निकायमार्फत् बिउ–बिजन वितरण गर्न थालेको छ । किसानलाई उन्नत र विकासे जातको ओलको बिउ वितरण गर्दै आएको स्थानीय सरकारले यसको व्यावसायिक खेतीबारे जानकारी प्रदान गर्दै आएको छ ।

घरबारी वरपर घुर्‍यानमा एक–दुई बोट रोपिने ओललाई व्यावसायिक खेती गर्नेगरी हाइब्रिड प्रजातिमा रूपान्तरण गरिएको छ । विकासे जातका ओल रोप्दा सप्रने, खाँदा नकोक्याउने र मिठो हुने कुरालाई मध्येनजर गरी किसानलाई हाइब्रिड ओलको व्यावसायिक ढंगले खेती गर्न प्रेरित गरिएको कृषि प्राविधिक भुमेश्वर यादव बताउँछन् ।

‘ओल एक जरे बाली हो । व्यवसायिक रूपमा कमैले ओलको खेती गरेका कारण बजारमा यसको माग राम्रो छ र सिजनमा यसले राम्रो मूल्य पाउँछ । घुसुवा बाली अर्थात्, अरू बालीनालीका बीचमा ओल रोपेर उत्पादन गर्न सकिन्छ,’ उनले भने ।

उनका अनुसार ओलको व्यावसायिक खेतीका लागि पुँजीगत लगानी, प्राविधिक ज्ञान र सिप आवश्यक पर्छ । त्यसबाहेक राम्रो बजार पहुँच र व्यावसायिक योजना पनि महत्त्वपूर्ण हुन्छन् । तर, व्यवस्थित तरिकाले ओल खेती गरेमा यसबाट राम्रो आम्दानी लिन सकिने उनले बताए ।

यी सबै कुराको ज्ञान किसानलाई दिने गरेको हरिनगर गाउँपालिकाले ओलको बिउ वितरण गरी यसतर्फ आकर्षित गर्ने अभियानलाई निरन्तरता दिइरहेको छ । तथापि, पर्याप्त बिउ नपाएका कारण किसानले चाहेअनुसारको परिमाणमा यसको बिउ बाँड्न नसकेको हरिनगरका कृषि शाखा प्रमुख रमेश न्यौपानेको भनाइ छ ।

पौष्टिक र स्वास्थ्यवर्द्धक शाकाहारी खानेकुरा ओललाई “वर्किङ म्यानज फुड’ पनि भनिन्छ । किनकि, यसमा शरीरलाई आवश्यक पर्ने विभिन्न पौष्टिक तत्वहरू जस्तैः प्रोटिन, भिटामिन, खनिज पदार्थहरू प्रशस्त मात्रामा पाइन्छन् । ओलमा गाँठा अर्थात् गानो खानयोग्य हुन्छ ।

ओलको व्यावसायिक खेती गर्दा एक कठ्ठामा ७०० बोटसम्म लगाउन सकिन्छ । कम्तीमा ५०० ग्रामको बिउ रोप्दा स्याहार पर्याप्त पुगेमा १२ किलोसम्मको ओल उत्पादन हुन्छ ।

बलौटे माटोमा ओल उत्पादन राम्रो हुन्छ भने कम्पोष्ट मलले ओलको गानो विकासमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । तथापि, भारतमा उत्पादन भएका ओल सुलभ मूल्यमा नेपालका बजारहरूमा भित्रिँदा स्वदेशमा उत्पादित ओल नेपालीको भान्सामा पुग्न कठिन बनेको ओल खेतीका जानकार मनोजकुमार सिंह बताउँछन् ।

ओलको व्यावसायिक खेती गर्दा राम्रो पानी निकास भएको दोम्सिलो माटो उपयुक्त हुन्छ । बजारको माग र आफ्नो अनुकूल हावापानीअनुसार ओलको उपयुक्त किसिम छनोट गर्नुपर्छ । उच्च उत्पादनका लागि राम्रो गुणस्तरको बिउ प्रयोग गर्ने, स्वस्थ र विकसित गाँठाबाट मात्र बिउँ छनोट गर्नुपर्छ । ओल रोप्नुअघि बारीलाई राम्रोसँग जोत्ने अनि प्रांगारिक मल हालेर सिँचाइ गरिन्छ ।

पहिले–पहिले तराईका विभिन्न स्थानमा ओलखेती गरेर मनग्ये आम्दानी गर्ने किसानको संख्या धेरै थियो । तर, बिउ भण्डारण गर्न कठिनाइले गर्दा बिउको पर्याप्तता नहुनु र बजार अभावकै कारण पछिल्लो समय ओल खेती गर्नेहरू घटेका छन् ।

ओल सेवनबारे तराईबासीमा अलि बढी ज्ञान छ । ओल खानका लागि तयार पार्दा सीप चाहिन्छ, जुन सबैमा नहुन पनि सक्छ । यी र यावत कुराहरूले गर्दा ओलको लक्षित बजार भने तराईमै सीमित भएको अनुमान कृषि ज्ञानकेन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहको छ ।

‘ओल खाने परिपाटी तराईतिर मात्र छ, यसैले पनि बजारको आकार बढ्न सकेको छैन,’ उनले भने, ‘किसानलाई बेलैमा बिउ बाँड्न सकिए यतातिर आकर्षण बढ्थ्यो कि !’

ओल पोषणयुक्त तरकारी हो । पहिले व्यावसायिक तबरले नै कोशी प्रदेशका सुनसरी, मोरङसहित तराईका जिल्लामा गरिने भए पनि अहिले फाट्टफुट्ट रूपमा कतै–कतै मात्र ओलको खेती गरिन्छ ।

मिठो र पौष्टिक तत्वले भरिपूर्ण भएका कारण अहिले पाँचथर, इलामजस्ता पहाडी जिल्लामा पनि ओल लगाउन थालिएको कृषि विकास निर्देशनालयको तथ्यांक छ । तथापि, सुनसरी र मोरङका केही किसानले मात्र व्यावसायिक रूपमा ओल खेती गरिरहेको निर्देशनालयले जनाएको छ ।

कृषि विकास निर्देशनालय, कोशी प्रदेशका प्रमुख प्रकाशकुमार डाँगी भन्छन्, ‘अहिले पहाडी जिल्लातिर पनि ओल रोप्ने चलन बढेको छ । तर, ठुलो क्षेत्रमा व्यावसायिक रूपमा भने ओल खेती घट्दै गएको छ ।’

कृषि विकास निर्देशनालयको तथ्यांकअनुसार कोशी प्रदेशको तीन सय हेक्टर क्षेत्रफलमा ओल खेती गरिएको छ । तर, व्यावसायिक रूपमा ठुलो क्षेत्रफलमा ओल खेती गरेको नपाइएको निर्देशनालयले जानकारी दिएको छ ।

तथापि, ओल खेतीको प्रवर्द्धनस्वरूप किसानहरूलाई निःशुल्क रूपमा बिउ–बिजन उपलब्ध गराउने, बिउ भण्डारणको सुबिधा थपिदिने हो ओल खेती पुनः फस्टाउने देखिएको छ ।

अझ, भारतीय वस्तुलाई कडाइ गरी स्वेदशमा उत्पादित ओललाई प्राथमिकतामा राखेर बजारीकरण गर्दा हराउँदै गएको ओल खेतीतिर किसान आकर्षित हुने पक्का छ ।

प्रकाशित समय: बिहिबार २४ जेठ, २०८१, १३:०८:४०
कोशी प्रदेशको बजेट प्रस्तुत हुँदै
सोमबार १ असार, २०८३
सडक पेटी अतिक्रमण हटाउन सर्वोच्चको परमादेश, प्रहरी पोष्टसमेत हटाउन निर्देशन
सोमबार १ असार, २०८३
नेपाल–भारत सीमा समस्याबारे कञ्चनपुरमा उच्चस्तरीय बैठक
सोमबार १ असार, २०८३
आगामी १० वर्षका लागि डिजिटल मधेस दशक घोषणा
सोमबार १ असार, २०८३
नेपाल-भारत सीमामा पर्खाल लगाउन सांसद् तामाङको माग
सोमबार १ असार, २०८३
मन्त्री लम्सालद्वारा नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमन
सोमबार १ असार, २०८३
हर्क साम्पाङको प्रश्न,प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ?
सोमबार १ असार, २०८३
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत
आईतबार ३१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०