उमेरले १२ पुगेकी कञ्चनको आवाज र नृत्यमा ‘तेह्रथुमकी रानी’

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । सुनसरी इटहरीकी १२ वर्षीया कञ्चन रिमालले ‘तेह्रथुमकी रानी’ बोलको म्युजिक भिडिओ सार्वजनिक गरेकी छन् ।

उदयीमान बाल कलाकार कञ्चनले आफ्नै युटुब च्यानल ‘कञ्चन रिमाल नुनुजु’ मार्फत् उक्त म्युजिक भिडिओ सार्वजनिक गरेकी हुन् ।

कञ्चनले आफ्नै आवाजमा रहेको गीतमा आफैं अभिनयसमेत गरेकी छन् । उनको यो पहिलो गीत पनि हो ।

यसै गीतमार्फत् कञ्चनले सांगीतिक क्षेत्रमा पाइला चालेकी हुन् ।

‘सानैदेखिको रुचि रहेका कारण यो क्षेत्रमा रमाउन चाहेकी हुँ,’ कञ्चन भन्छिन्, ‘दर्शकले मेरो सांगीतिक कोसेलीलाई मन पराइदिनुहुनेछ र मलाई हौसला प्रदान गरिदिनुहुन्छ भन्ने आशा लिएकी छु ।’

उक्त म्युजिक भिडिओ गुराँसको राजधानी तीनजुरे क्षेत्रसहित तेह्रथुमको विभिन्न भाग र पूर्व क्षेत्रमा छायाँकन गरिएको छ ।

तेह्रथुम जिल्लाको इतिहासमा पहिलोपटक १२ वर्षीया बाल कलाकारले तेह्रथुमसँग सम्बन्धित गीत र म्युजिक भिडिओ सार्वजनिक भएको हो ।

गीतमा कुन्दन राईको संगीत, गायत्री लम्सालको शब्द-रचना रहेको छ ।

प्रकाशित समय: बुधबार २ जेठ, २०८१, १२:५२:२१
मुख्यमन्त्री बानियाँको घर–कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
सोमबार २१ ब‌ैशाख, २०८३
फिलिपिन्सको समर टापुमा ६.० म्याग्निच्युडको भूकम्प, स्थानीयमा त्रास
सोमबार २१ ब‌ैशाख, २०८३
सरकारले भारतसँग जिटुजीमार्फत रासायनिक मल किन्ने
सोमबार २१ ब‌ैशाख, २०८३
राष्ट्रपतिबाट फिर्ता अध्यादेश फेरि जस्ताको तस्तै शीतल निवास पठाईयो
सोमबार २१ ब‌ैशाख, २०८३
होल्डिङ सेन्टरमा सुकुमवासीको अवस्था अनुगमन गर्न संसदीय समितिमा माग
सोमबार २१ ब‌ैशाख, २०८३
चाबहिलको साततले क्षेत्रमा पनि डोजर, अनधिकृत संरचना भत्काइँदै
सोमबार २१ ब‌ैशाख, २०८३
दलका प्रमुख सचेतकहरूसँग सभामुख अर्यालको छलफल आज
सोमबार २१ ब‌ैशाख, २०८३
कसैलाई घरबारविहीन नबनाइने, आवासको हक सुनिश्चित हुन्छ : बालेन
सोमबार २१ ब‌ैशाख, २०८३
संवैधानिक परिषद् अध्यादेश राष्ट्रपति पौडेलद्वारा फिर्ता, बहुमतीय प्रणाली जोगाउन आग्रह
आईतबार २० ब‌ैशाख, २०८३
सुकुमवासी व्यवस्थापन चैतभित्रै गर्न रास्वपाको सरकारलाई सुझाव
आईतबार २० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०