कोपा खेल्ने ब्राजिलको टोलीमा परेनन् नेयमार, रिचार्लिसन र कासेमिरो

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ३० ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । स्टार खेलाडीत्रय नेयमार जुनियर, रिचार्लिसन र कासेमिरोलाई बाहिर राख्दै ब्राजिलले कोपा अमेरिका फुटबलका लागि टोलीबाट घोषणा गरेको छ ।

ब्राजिलका प्रशिक्षक डरिभाल जुनियरले घोषणा गरेको टोलीमा उनीहरूलाई समेटिएको छैन । बरु, युवा स्ट्राइकर एन्ड्रिकलाई समावेश गरिएको छ ।

रियल मड्रिडमा आबद्ध हुन लागेका १७ वर्षीय एन्ड्रिकले वेम्बली स्टेडियममा इङ्ग्ल्यान्डमाथि १–० को जित र मार्चमा सान्टियागो बर्नाबेउ रंगशालामा स्पेनविरुद्ध २–२ को बराबरी खेल्दा ब्राजिलका लागि गोल गरेका थिए ।

साउदी क्लब अल–हिलालबाट खेल्दै आएका नेयमार जुन र जुलाईमा अमेरिकामा हुने प्रतियोगिताबाट बाहिरिने अनुमान गरिएको थियो ।

आगामी जुन २० बाट अमेरिकामा ४८औं संस्करणको कोपा अमेरिका सुरु हुँदै छ । तर, त्यसअघि ब्राजिलले अमेरिका र मेक्सिकोसँग मैत्रीपूर्ण खेल खेल्ने छ ।

कोपा अमेरिकामा ब्राजिल समूह ‘डी’ मा रहेको छ । यो समूहमा ब्राजिलसँगै कोस्टारिका, कोलम्बिया र पाराग्वे छन् ।

ब्राजिल टोली:

गोलकिपर: एलिसन (लिभरपुल), एडर्सन (म्यानचेस्टर सिटी) र बेन्टो (एथ्लेटिको पारानेन्स)

डिफेन्डरः डानिलो (युभेन्ट्स), यान काउटो (जिरोना), गुइल्हेमे अराना (एट्लेटिको मिनिरो), वेन्डेल (पोर्टो), बेराल्डो (पेरिस सेन्ट जर्मेन), मार्क्विनहोस (पेरिस सेन्ट जर्मेन), एडर मिलिटाओ (रियल मड्रिड) र ग्याब्रियल म्यागाल्हेस (आर्सनल)

मिडफिल्डरः एन्ड्रियास परेरा (फुलह्याम), ब्रुनो गुइमारेस (न्यूक्यासल), डगलस लुइज (एस्टन भिल्ला), जोआओ गोम्स (वुल्भरह्याम्पटन) र लुकास पाक्वेटा (वेस्टह्याम)

फरवार्डः एन्ड्रिक (पाल्मेरास), इभानिलसन (पोर्टो), ग्याब्रियल मार्टिनेली (आर्सनल), राफिन्हा (बार्सिलोना), साभिनो (जिरोना), रोड्रिगो (रियल मड्रिड) र भिनिसियस जुनिअर (रियल मड्रिड)

प्रकाशित समय: आईतबार ३० ब‌ैशाख, २०८१, ०७:२२:२२
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०