ओलम्पियन पुनर्मिलनले नरिकालाई जुरायो अवसर

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २४ ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । झापाको भद्रपुर नगरपालिका-९ चन्द्रगढीकी नरिका राईले नेपाली बक्सिङका लिजेन्ड पूर्वअन्तर्राष्ट्रिय खेलाडी ओम मास्केलाई प्रत्यक्ष भेट गर्न पाएकी थिइनन् ।

५७ वर्षीय बक्सर मास्केको नाम उनले सुनेकी मात्र थिइन् । १९ वर्षीया नरिका आफैं पनि बक्सिङ खेलाडी हुन् ।

मोफसलमा रहेर बक्सिङमा करिअर देखिरहेकी नरिकाले पहिलोपटक बिर्तामोडमा श्रीलंकाको कोलम्बोमा सम्पन्न पाँचौं दक्षिण एसियाली खेलकुदमा कास्य पदकधारी मास्केलाई भेट्दा उत्साहित भएकी थिइन् ।

खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजन र नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा भएको ओलम्पियन्स रियुनियन (पुनर्मिलन) कार्यक्रममा पहिलोपटक मुख्य प्रशिक्षक मास्केलाई नरिकाले भेटेकी हुन् ।

शुक्रबार मध्याह्न चर्को घाममा झापाको बिर्तामोडस्थित मुक्ति चौकबाट सम्मान कार्यक्रमसम्म पुग्ने क्रममा भएको भेटले नरिकाको बक्सिङ जीवनलाई नयाँ मोड दिने भएको छ ।

काठमाडौंमा हुने बन्द प्रशिक्षणका लागि नरिकालाई राख्ने जमर्को मास्केले गर्ने भएका छन् ।

४ दशक लामो बक्सिङ अरियरपछि हाल राष्ट्रिय खेलकुद परिषद्को मुख्य प्रशिक्षक रहेका मास्केले भने, ‘नरिकाको केही खेल हेरेको छ । उनमा पोटेन्सियल देखेको छु । युवा छिन् । धेरै सम्भावना छ । त्यसैले पनि मैले उनलाई काठमाडौंमा राखेर प्रशिक्षण गराउने तयारी गरेको छु ।’

खेलकुद पर्यटनका लागि आयोजित ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा मास्केले नयाँ खेलाडीसमेत पहिचान गर्न सफल भएको बताँउछन् ।

उनले भने, ‘युवा पुस्तामा बक्सिङप्रति आकर्षण बढ्दै गएको छ । यस्तो अवस्थामा हामीले पनि साथ दिन आवश्यक छ । विदेशमा समेत सहभागिता बढ्दै गएको छ ।

यस विषयमा नरिका समेत उत्साहित भएकी थिइन् । उनले भनिन्, ‘बक्सिङ खेल्नका लागि काठमाडौं जान तयार छु । राष्ट्रको लागि खेल्ने मेरो धोको हो । सायद ओम गुरुबाट पूरा होला । मेहनत र परिश्रम गर्नेछु ।’

नरिकाको आमा जुडो र बुबा फुटबलसँग आबद्ध छन् । त्रिशा जबेगुबाट बक्सिङ खेलमा प्रभावित भएको बताएकी नरिकालाई झापामा डम्मर लिम्बूले प्रशिक्षण दिँदै आएका छन् ।

उनले भनिन्, ‘मलाई बक्सिङमा आकर्षण गराएको त्रिशा दिदीको खेलले हो। उहाँको खेल र टोलमा दाइहरूले खेल्नु भएको देखेर प्रभावित भएकी हुँ ।’

बक्सिङका प्रशिक्षक र ओलम्पिक खेल्ने सबै खेलाडीलाई एकैपटक चिन्ने अवसर नपाएको अवस्थामा पुनर्मिलन भ्रमणले सहजता प्रदान गरेको उनको भनाइ छ ।

नरिका भन्छिन्, ‘यसप्रकारको कार्यक्रमले सबै पुरानो खेलाडीलाई चिनाएको छ । धेरै कुरा सिक्न पाएका छौं । यसक्रममा ओम गुरुसँग भेट भएको हो । उहाँसँगको भेटले थप ऊर्जा मिलेको छ । उहाँले आगामी प्रशिक्षणका लागि हेरिदिनु हुने अपेक्षा गरेको छु ।’

२०७६ सालबाट बक्सिङ खेल्न सुरु गरेकी नरिकाले सन् २०२१ मा दुवईमा सम्पन्न एचबीसी युथ बक्सिङमा तेस्रो स्थान हासिल गरेकी थिइन् ।

त्यसपछि गतवर्ष चैत्रमा भरतपुरमा आयोजित प्रथम अन्तरप्रदेश खेलकुदमा समेत कोशी प्रदेशबाट उनले स्वर्ण पदक हात पारेकीछिन् ।

खेलाडीहरूको विदेशीने क्रम बढ्दो भएपनि नरिका विभागिय टोलीमा अटाउन सकिने सम्भावना खोजिरहेकी छिन् ।

पछिल्लो समय बक्सिङका खेलाडीको स्तर बढ्दै गएको मुख्य प्रशिक्षक मास्केले बताउँछन् ।

उनले भने, ‘सुरुका दिनमा खेलाडीले रिङमा ३ राउण्ड खेल्न सक्छन् कि सक्दैनन् भन्ने हुन्थ्यो । तर अहिले खेल र खेलाडीमा सुधार छ । हाम्रा खेलाडी समेत पाँच राउण्डसम्म खेल्न योग्य छन् । तर खेलाडीलाई समयमै चिनेर प्रशिक्षण दिन सक्नुपर्छ । हामीपनि राम्रो खेलाडीको खोजीमा रहन्छौं ।’

बेलायत, मलेसिया, सिंगापुर, अस्ट्रियालगायतबाट पाँच जना विदेशीसहित ६० जना नेपाली ओलम्पियन्स र २५ जना प्रदेशका चर्चित खेलाडीलाई पुनर्मिलन भेलाले एकै स्थानमा उभ्याएको हो ।

सन् १९६४ देखि हालसम्मका ओलम्पियन खेलाडीहरूलाई पुनर्मिलन गराउँदै खेल र खेलाडीका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य लिएर चार दिने रियुनियन कार्यक्रम भएको हो ।

कोशी प्रदेशका सुनसरी, मोरङ, झापा र इलाम गरी चार जिल्लामा ओलम्पियन्स र प्रदेशका सेलिब्रेटी खेलाडीलाई विशेष स्वागत्–सम्मान गरिएको थियो ।

प्रकाशित समय: सोमबार २४ ब‌ैशाख, २०८१, ०६:१९:४९
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०