अब विराटनगरमै विद्युतीय गाडी उत्पादन हुने

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १७ ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । विद्युतीय सवारीसाधनप्रति आकर्षण बढ्दै जाँदा अब नेपालमै सबै किसिमका चारपांग्रे सवारीसाधन उत्पादन हुने भएको छ ।

एक वर्षभित्र सबै किसिमका सवारीसाधन उत्पादन गर्ने उद्देश्यका आज नेपालको कोशी एन के मोटर्स प्रा.लि. र चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेडबीच सम्झौता भएको हो ।

चीनको फुजियन प्रान्तमा रहेको उक्त अटोबडी कम्पनीसँग स्थानीय ज्योतिष शास्त्रअनुसार बिहान १० बजेर १८ मिनेटमा सम्झौता पत्रमा दिपक्षीय हस्ताक्षर भएको हो ।

सम्झौतामा कोशी एन के मोटर्सका अध्यक्ष टीकाराम पुरी र स्यामनका तर्फबाट प्रबन्ध निर्देशक (एमडी) ले हस्ताक्षर गरे ।

उक्त अवसरमा कोशी एनके का एमडी टिआर ढकालको समेत उपस्थिति थियो ।

सम्झौता भएसँगै अब नेपालमा नै चिनियाँ तथा कोरियन प्रविधिमा आधारित चारपांग्रे विद्युतीय गाडी उत्पादन हुने भएको हो ।

नेपालमा पहिलोपटक मोरङको बूढीगंगामा १५ बिघा क्षेत्रफलमा सञ्चालनको तयारी गरिएको यस कम्पनीमा सुरुआती चरणमा ३ अर्ब रुपैयाँको लागत रहने अध्यक्ष टीकाराम पुरीले बताए ।

उनका अनुसार एक वर्षभित्र सबै चारपांग्रे सवारीसाधन उत्पादन गर्ने छ ।

कम्पनीले नेपाली परिवेश र आवश्यकताअनुसार प्रत्येक महिना सात सय ५० गाडी उत्पादन गर्ने छ ।

प्रकाशित समय: सोमबार १७ ब‌ैशाख, २०८१, २१:५१:५७
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
साढे ५ महिनापछि स्वदेश फर्किए देउवा
बिहिबार २८ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति राप्रपाको आपत्ति, तत्काल रिहाइको माग
बिहिबार २८ साउन, २०८३
सुदूरपश्चिमका मुख्यमन्त्रीले राजीनामा दिने
बुधबार २७ साउन, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार २६ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०