टिभिएस अपाचेको नयाँ मोडल आरटिआर १६०-टू भी रिफ्रेस, यस्ता छन् विशेषता

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ९ ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । टिभिएस मोटर नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टिभिएस अपाचेको नयाँ मोडल आरटिआर १६०-टू भी रिफ्रेस सार्वजनिक गरेको छ ।

आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी जगदम्बा मोटर्सले टिभिएसको नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गरेको हो ।

टिभिएस अपाचेको नयाँ मोडल आरटिआर १६०–टू भी रिफ्रेसमा कम्पनीले विभिन्न फिचरहरू थप गरी नेपाली बजारमा ल्याएको हो ।

टिभिएस अपाचेको नयाँ मोडल आरटीआर १६०–टू भी रिफ्रेसमा १६० सिसी आरटिआर इन्जिन रहेको कम्पनीले जनाएको छ ।

जसले सेग्मेन्टकै उच्चतम १४ दशमलव ४ पिएस पावर र १३ एनएस टर्क जेनेरेट गर्छ ।

टिभिएस स्मार्टकनेक्ट, जसको सहायताले राइडरहरूले सजिलै कल तथा टेक्स नोटिफिकेसन, क्र्यास अलर्ट जस्ता सुबिधा प्रदान गर्दछ ।

त्यसबाहेक रेस इन्स्पायर्ड डिजिटल डिस्प्ले, आकर्याक एलइडी हेडल्याप र सिग्नेचर एलइडी टेल ल्याम्सबाट सुसज्जित रहेको कम्पनीले जनाएको छ ।

टिभिएस अपाचेको नयाँ मोडल आरटीआर १६०–टू भी रिफ्रेसको बजार मूल्य तीन लाख पाँच हजार नौ सय रहेको छ ।

यसअघि टिभिएसले नेपाली बजारमा टिभिएस रोनिन, अपाचे, एन्टर्क, रेडर, आइक्युब जस्ता उत्कृष्ट मोटरसाइकल तथा स्कुटरहरू नेपाली बजारमा उपलब्ध गराइसकेको छ ।

टिभिएस मोटरसाइकल र स्कुटरमा एड्भान्स फिचरहरू राख्दै प्रयोगकर्ताहरूमाँझ निकै ठुलो प्रभाव पार्न सफल बनेको छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दुईपांग्रे सवारी साधनको एकमात्र आधिकारिक वितरक हो ।

यसको देशभर एक सय ४० भन्दा बढी डिलर छन् ।

गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग र बिक्रीपश्चातको उत्कृष्ट सेवा तथा देशभर जगेडा पार्टपूर्जाहरूको उपलब्धताका कारण नै टिभिएस आज नेपालको सर्वाधिक रुचाएको टु-ह्विलर ब्रान्ड रहेको केशरीचन्द भवलाल विराटनगरका मेनेजर गोविन्द पोखरेलले बताए ।

प्रकाशित समय: आईतबार ९ ब‌ैशाख, २०८१, १६:५१:२७
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
साढे ५ महिनापछि स्वदेश फर्किए देउवा
बिहिबार २८ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति राप्रपाको आपत्ति, तत्काल रिहाइको माग
बिहिबार २८ साउन, २०८३
सुदूरपश्चिमका मुख्यमन्त्रीले राजीनामा दिने
बुधबार २७ साउन, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार २६ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०