स्पेनसँग जसोतसो हार्नबाट जोगियो ब्राजिल

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १४ चैत, २०८०
२ वर्षअघि

विराटनगर । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल र स्पेन ३-३ गोलको बराबरीमा रोकिएका छन् ।

सान्टियागो बर्नबेउ मड्रिडमा मंगलबार राति भएको खेलमा ब्राजिल घरेलु टोली स्पेनलाई बराबरी रोक्न सफल भएको हो ।

ब्राजिलले खेलमा दुईपटक पछि परेको स्थिति उल्टाउँदै स्पेनलाई रोकेको हो ।

ब्राजिलका लागि लुकास पाक्वेटाले खेलको ९६औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ब्राजिललाई हारबाट बचाएका थिए ।

यसअघि ब्राजिलका लागि रोड्रीगो र युवा खेलाडी एनड्रिकले एक एक गोल गरेका थिए । त्यसैगरी स्पेनका लागि रोड्रीले पेनाल्टीमार्फत दुई गोल गरेका थिए भने डानी ओल्मोले एक गोल गरेका थिए ।

खेलको १२औँ मिनेटमा स्पेनले पेनाल्टीमार्फत् खेलमा अग्रता बनाएको थियो । पेनाल्टी बक्समा लमिन यमललाई जोआओ गोमेजले फउल गरे स्पेनले पेनाल्टी पाएको थियो । जसमा रोड्रीले गोल गरे ।

३६औँ मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनको अग्रता दोब्बर पारे । त्यसको चार मिनेटपछि रोड्रिगोले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए ।

५०औँ मिनेटमा एन्ड्रिकले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ८७औँ मिनेटमा रोड्रीले पेनाल्टीमा गोल गर्दै स्पेनलाई ३–२ गोलको अग्रता दिलाए ।

तर, इन्ज्युरी समयको थप गरिएको छैटौँ मिनेटमा लुकासले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई हारबाट जोगाए ।

प्रकाशित समय: बुधबार १४ चैत, २०८०, ०८:१९:०४
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०