विराटनगर । इन्डियन प्रिमियर लिग (आइपिएल)मा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।
आइतबार राति राजस्थानस्थित नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भएको खेलमा गुजरातले मुम्बईलाई ६ रनले पराजित गरेको हो ।
गुजरातले दिएको १६९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन मात्रै बनाउन सक्यो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको हो ।
आइतबार नै भएको अर्को खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई २० रनले पराजित गर्यो ।