विराटनगरमा ‘महाजात्रा’ को टोली, यसअघिका सिक्वेलभन्दा अब्बल बनेको दाबी

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २९ फाल्गुण, २०८०
१ वर्षअघि

विराटनगर । आउँदो चैत्र ९ गते देश तथा विदेशमा एकैसाथ प्रदर्शन हुने चलचित्र ‘महाजात्रा’ को प्रिमियर शो झापाको बिर्तामोडमा हुने भएको छ ।

महाजात्रा टिमले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै चलचित्रको प्रिमियर शोबारे जानकारी दिएका हुन् ।

चलचित्र रिलिज हुनुअघि पोखरामा पनि विशेष प्रर्दशनीको व्यवस्था मिलाइएको महाजात्रा टिमले जनाएको छ ।

टिमका अनुसार ‘जात्रा’ र ‘जात्रैजात्रा’ को अपार सफलतापछि चलचित्रको अर्को सिक्वेल महाजात्रा निर्माण गरिएको हो ।

चलचित्रमा देशको वर्तमान राजनीतिक परिवेश, आर्थिक मन्दी र बेरोजगारीको समस्यालगायतका विषयवस्तुलाई समेट्न खोजिएको छ ।

चलचित्रले देशको समसामयिक मुद्दालाई मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गर्ने प्रयास गरेको कलाकार हरिवंश आचार्यले बताए ।

रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको चलचित्र प्रदीप भट्टराईको निर्देशनमा निर्माण भएको हो ।

चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र झा, वर्षा राउत र राजाराम पौडेल लगायतका कलाकारहरुले मुख्य भूमिका छ ।

चलचित्रमा विगतका दुई सिक्वेलमा गरिएका स–साना कमी कमजोरीलाई समेत सच्याइएको बताउँदै कलाकार विपिन कार्कीले यसअघिका सिक्वेलभन्दा अब्बल बनेको दाबी गरे ।

यही चैत्र ९ गतेदेखि देश तथा विदेशमा एकैसाथ प्रर्दशन हुन लागिरहेको चलचित्र महाजात्रा यसअघि प्रर्दशन भइसकेका ‘जात्रैजात्रा’ र ‘जात्रा’ कै तेस्रो सिक्वेल हो ।

यस सिक्वेलको पहिलो चलचित्र ‘जात्रा’ ७ वर्षअघि २०७३ कात्तिकक २६ गते प्रर्दशन भएको थियो ।

चलचित्रको दोश्रो सिक्वेल ‘जात्रैजात्रा’ भने २०७६ जेठ ३ गते देशैभरि प्रर्दशनमा आएको थियो ।

प्रकाशित समय: मङ्गलबार २९ फाल्गुण, २०८०, १३:५९:५२
सिरहामा अंग्रेजीको प्रश्नपत्र आउट, सिडिओ भन्छन् : मोबाइलको जमाना छ, जे पनि हुन सक्छ
बिहिबार ६ चैत, २०८१
विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी
बिहिबार ६ चैत, २०८१
कामधेनु डेरीका एक सय किसानलाई बिना धितो दुई लाखसम्मको ऋण प्रदान गरिँदै
बुधबार ५ चैत, २०८१
आगोबाट बच्नलाई भाग्दै थिए एक वृद्ध, बारीको डिलबाट लडेर मृत्यु
बुधबार ५ चैत, २०८१
राजतन्त्र फर्किने-नफर्कने विषयमा के भन्छन् बाबुराम भट्टराई ?
बुधबार ५ चैत, २०८१
चन्द्र ढकाललाई अर्को धक्का : पैदलयात्रीसँग रकम असुली गरेपछि चन्द्रागिरी हिल्सलाई यस्तो निर्देशन !
बुधबार ५ चैत, २०८१
पूर्वराजाका कारण रोकिएको माओवादीको अभियान फेरि सुरु हुँदै
बुधबार ५ चैत, २०८१
मोरङमा अखिल क्रान्तिकारीको दबदबा : सातमध्ये चार वटामा विजयी
बुधबार ५ चैत, २०८१
रमाइलो बहुमुखी क्याम्पसमा क्रान्तिकारीका अनिश कार्की विजयी
मङ्गलबार ४ चैत, २०८१
ट्रकको क्याबिनमा ‘फुच्चे’ले लुकाएर ल्याएका थिए २५ करोड
मङ्गलबार ४ चैत, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०