गोलरक्षक विशालले लिए राष्ट्रिय टोलीबाट बिदा, भारतसँगको खेल बन्यो पहिलो र अन्तिम !

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ६ पुस, २०८०
३ वर्षअघि

काठमाडौँ । राष्ट्रिय फुटबल टिमका गोलरक्षक विशाल श्रेष्ठले राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरेका छन् ।

नेपाल सुपर लिगमा चितवनबाट खेलिरहेका श्रेष्ठले झापासँगको खेलपछि सन्यासको घोषणा गरेका हुन् ।

शुक्रबार साँझ उनले पत्रकार सम्मेलन गरी राष्ट्रिय टोलीबाट अलग्गिने घोषणा गरे ।

साफ च्याम्पियनसिपपछि नै सन्यासको बारेमा सोचेको भए पनि अहिले सही समय भएकाले सन्यास घोषणा गरेको उनको भनाइ छ ।

एक दशकको प्रतीक्षापछि उनले २०७८ सालको भदौमा दशरथ रङ्गशालमा घरेलु समर्थकमाझ भारतसँगको खेलमा राष्ट्रिय टिमका लागि डेब्यु गरेका थिए ।

राष्ट्रिय टिमका लागि त्यो नै उनको पहिलो र अन्तिम खेल हो ।

बारम्बार घरेलु फुटबलको शीर्ष लिग जितिसकेका अनि लिगको उत्कृष्ट गोलकिपर बनेका विशालले नियमित जसो राष्ट्रिय टिममा परे पनि खेल्न पाउने गरेका थिएनन् ।

२०५९ मा एन्फा एकेडेमीमा आवद्ध भएका उनी खेलाडीका रूपमा २०६६ सालसम्म त्यहीं रहे ।

यसकै प्रतिनिधित्व गर्दै केही घरेलु प्रतियोगिता पनि खेले । त्यहाँबाट निस्केयता उनको पहिलो क्लब रह्यो, मनाङ मर्स्याङ्दी ।

मनाङको पहिलो रोजाइका गोलरक्षकका रूपमा उनी त्यहाँ १० वर्षजति रहे ।

उनले शहीद स्मारक लिग ‘ए’ मा मनाङका लागि वर्ष ०६६/०६७ को संस्करणमा डेब्यु गरे ।

त्यसपछि घरेलु फुटबलमा उनको अर्को क्लब रह्यो, मछिन्द्र । उनी ०७६ सालदेखि मछिन्द्रमा आबद्ध छन् ।

नेपाल सुपर लिग एनएसएलमा यसपालि चितवन एफसीमा मार्की खेलाडीका रूपमा आबद्ध भएका उनी कप्तान पनि हुन् ।

उनले पहिलो संस्करणको एनएसएलमा बुटवल–लुम्बिनी एफसीका लागि खेलेका थिए ।

प्रकाशित समय: शुक्रबार ६ पुस, २०८०, २०:२०:४८
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०