गोलरक्षक विशालले लिए राष्ट्रिय टोलीबाट बिदा, भारतसँगको खेल बन्यो पहिलो र अन्तिम !

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ६ पुस, २०८०
३ वर्षअघि

काठमाडौँ । राष्ट्रिय फुटबल टिमका गोलरक्षक विशाल श्रेष्ठले राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरेका छन् ।

नेपाल सुपर लिगमा चितवनबाट खेलिरहेका श्रेष्ठले झापासँगको खेलपछि सन्यासको घोषणा गरेका हुन् ।

Advertisement

शुक्रबार साँझ उनले पत्रकार सम्मेलन गरी राष्ट्रिय टोलीबाट अलग्गिने घोषणा गरे ।

साफ च्याम्पियनसिपपछि नै सन्यासको बारेमा सोचेको भए पनि अहिले सही समय भएकाले सन्यास घोषणा गरेको उनको भनाइ छ ।

एक दशकको प्रतीक्षापछि उनले २०७८ सालको भदौमा दशरथ रङ्गशालमा घरेलु समर्थकमाझ भारतसँगको खेलमा राष्ट्रिय टिमका लागि डेब्यु गरेका थिए ।

राष्ट्रिय टिमका लागि त्यो नै उनको पहिलो र अन्तिम खेल हो ।

बारम्बार घरेलु फुटबलको शीर्ष लिग जितिसकेका अनि लिगको उत्कृष्ट गोलकिपर बनेका विशालले नियमित जसो राष्ट्रिय टिममा परे पनि खेल्न पाउने गरेका थिएनन् ।

२०५९ मा एन्फा एकेडेमीमा आवद्ध भएका उनी खेलाडीका रूपमा २०६६ सालसम्म त्यहीं रहे ।

यसकै प्रतिनिधित्व गर्दै केही घरेलु प्रतियोगिता पनि खेले । त्यहाँबाट निस्केयता उनको पहिलो क्लब रह्यो, मनाङ मर्स्याङ्दी ।

मनाङको पहिलो रोजाइका गोलरक्षकका रूपमा उनी त्यहाँ १० वर्षजति रहे ।

उनले शहीद स्मारक लिग ‘ए’ मा मनाङका लागि वर्ष ०६६/०६७ को संस्करणमा डेब्यु गरे ।

त्यसपछि घरेलु फुटबलमा उनको अर्को क्लब रह्यो, मछिन्द्र । उनी ०७६ सालदेखि मछिन्द्रमा आबद्ध छन् ।

नेपाल सुपर लिग एनएसएलमा यसपालि चितवन एफसीमा मार्की खेलाडीका रूपमा आबद्ध भएका उनी कप्तान पनि हुन् ।

उनले पहिलो संस्करणको एनएसएलमा बुटवल–लुम्बिनी एफसीका लागि खेलेका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०