दुई अर्ब ५० करोडको लगानीमा आरआर इन्टरनेसनल अस्पताल खुल्दै

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ४ पुस, २०८०
३ वर्षअघि

विराटनगर । विराटनगरका अग्रणी उद्यमी राजेन्द्र राउतले दुई अर्ब ५० करोडको लगानीमा आरआर इन्टरनेसनल अस्पताल खोल्ने भएका छन् ।

राउतले बुधबार दिउँसो मोरङको बूढीगङ्गा गाउँपालिका-१ मा २०० शय्याको मल्टिस्पेसियालिटी अस्पताल शिलान्यास गरेका हुन् ।

आफ्नै कम्पनी राउत कन्ट्रक्सनको परिसरभित्र रहेको १८ कट्ठा जमिनमा राउतले आरआर इन्टरनेसनल हस्पिटल निर्माण गर्न आँटेका हुन् ।

शिलान्यासपछि पत्रकार सम्मेलन आयोजना गरी राउतले कोसी राजमार्गसँगै जोडिएको जमिनमा निर्माण हुने अस्पतालले गुणस्तरीय उपचारको लागि काठमाडौं र भारत जानुपर्ने बाध्यता टर्ने दाबी गरेका छन् ।

अबको २४ महिनाभित्र प्रारम्भिक निर्माण सम्पन्न गरेर २६औं महिनामा अस्पतालको सफ्ट ओपनिङ गर्ने राउतको योजना छ ।

राउतले १०० शय्याबाट अस्पतालको सञ्चालन सुरु गर्ने र केही समयमै २०० शय्यामा विस्तार गरिने जानकारी दिए ।

अस्पताल ३०० शय्यासम्म विस्तार गर्ने योजना राखिएको छ । आरआर इन्टरनेसल अस्पतालका निर्देशक प्रतीक राउतका अनुसार प्रारम्भमा एक सय शैय्याबाट सुरु हुने छ ।

अस्पतालले मुटुरोगको उपचारलाई प्राथमिकतामा राखेर २४ सै घण्टा कार्डियाक इमर्जेन्सी र क्याथ ल्याब सेवा उपलब्ध गराउने राउतले बताए ।

अस्पतालबाट जनरल मेडिसन, न्यूरो सर्जरी, जनरल सर्जरी, मृगौला रोग, मुत्ररोग, स्त्रीरोग तथा प्रसुती सेवा, आँखा रोग, नवजात शिशु तथा बालरोग, हाडजोर्नी तथा नशाको विशिष्टिकृत उपचार सेवा उपलब्ध गराउने योजना राखिएको छ ।

यसैगरी सबै किसिमका शल्यक्रिया आधुनिक र विश्वसनीय प्रविधि तथा उपकरणको माध्यमबाट हुने गरी पूर्वाधार सुनिश्चित गरिने बताइएको छ ।

अस्पतालमा स्वास्थ्य सेवामा रोगको पहिचानलाई ध्यानमा राख्दै ‘डाइगोनेस्टिक डिपार्ट’ लाई अन्तर्राष्ट्रियस्तरको बनाउने राउतको योजना छ ।

सिमेन्ट र जुत्ताचप्पल उद्योग सञ्चालन गरिरहेको राउत नेतृत्वको शिवम् ग्रुपले मारुती सिमेन्ट उद्योगका लागि चुनढुङ्गा खानी सञ्चालन गरिरहेको छ ।

ग्रुपले हेभी इक्विपमेन्टको रेन्टल कारोबार र पेट्रोलियम व्यवसाय पनि सञ्चालन गर्दै आएको छ ।

राउत  नेपाल उद्योग वाणिज्य महासङ्घको कोसी प्रदेश अध्यक्ष, महासङ्घको स्थायी समिति सदस्यसमेत रहेका छन् ।

उनी सार्क चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य पनि हुन् ।

प्रकाशित समय: बुधबार ४ पुस, २०८०, १९:५६:२३

सम्बन्धित खबर

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
४ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
१ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 

आईतबार २१ भदौ, २०८३
२ हप्ताअघि

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
२ महिनाअघि

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०