नेपालले जित्यो जिम्मावेविरुद्धको एक दिवसीय सिरिज

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २६ ब‌ैशाख, २०७९
४ वर्षअघि

पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध तीन खेलको एकदिवसीय सिरिज नेपालले जितेको छ ।

कीर्तिपुर स्थित त्रिवि मैदानमा सोमबार भएको तेस्रो तथा सिरिजको अन्तिम खेलमा नेपालले जिम्बावेलाई ६ विकेटले हरायो ।

नेपालले सिरिज २–१ ले जितेको हो ।

यसअघि पहिलो खेलमा तीन विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा जिम्बावेलाई नौ विकेटले पराजित गरेको थियो ।

जिम्बावेले दिएको दुई सय १४ रनको लक्ष्य नेपालले ३०.१ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो ।

नेपालको जितमा कुशल भुर्तेलले ८४ रनको अर्धशतकीय इनिङ्स खेले ।

दीपेन्द्रसिंह ऐरीले पनि अविजित रहँदै ६० रनको अर्धशतकीय इनिङ खेले ।

आसिफ शेखले २९, विनोद भण्डारीले अविजित २८ र सुनिल धमलाले ६ रन बनाए ।

रोहित पौडेल शून्य रनमा आउट भए । बलिङमा जिम्बावेका ब्राण्डन माभुताले तीन विकेट लिए । अर्को विकेट ब्राड इभान्सले झारे ।

पानीका कारण मैदान भिजेकोले ३३ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ३२.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १३ रन बनाएको थियो ।

जिम्बावेका लागि टाडीवानाशे मारुमानीले ५० रनको अर्धशतकीय इनिङ्स खेले ।

कुड्जाई मौन्जेले ३९, रोय कियाले ३६, कप्तान टोनी मुन्योगाले २४, लुक जोग्वीले १९, सेफासले १६ र इनोसेन्ट कियाले १२ रन बनाए ।

बलिङमा नेपालका किशोर महतो एक्लैले पाँच विकेट लिए । सोमपाल कामीले दुई तथा करण केसी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।

नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा अमेरिकामा हुने अमेरिका र ओमानसँगको त्रिदेशीय सिरिजको तयारीका लागि जिम्बावेसँग सिरिज खेलेको हो ।

यसअघि नेपालले जिम्बावेसँग टी–२० सिरिज पनि खेलेको थियो ।

दुई टोलीबीच भएको टी-२० सिरिज १-१ को बराबरीमा सकिएको थियो ।

टी-२० सिरिजमा नेपाल र जिम्बावेले एक एक खेल जितेका थिए । एक खेल वर्षाका कारण स्थगित भएको थियो ।

आइसिसी लिग–२ अन्तर्गत सिरिजमा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौँ स्थानमा छ ।

नेपालले १२ खेलमा ६ जित र ६ वटै हार खेपेको छ ।

नेपालसहित ओमान, युएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पपुवा न्युगिनी (पीएनजी) गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

प्रकाशित समय: सोमबार २६ ब‌ैशाख, २०७९, २०:२८:५६

सम्बन्धित खबर

देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु
सोमबार ११ साउन, २०८३
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
आईतबार १० साउन, २०८३
प्रदेशमा सत्ता गठबन्धन जोगाउन कांग्रेसको पहल जारी
आईतबार १० साउन, २०८३
कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान
आईतबार १० साउन, २०८३
भारतमा जस्तै नेपालमा पनि ‘पेपर लिक’, त्रिविको प्रश्नपत्र ६ मिनेटमै बाहिरिएपछि शिक्षा प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न
आईतबार १० साउन, २०८३
किन स्थगित भयो गगन थापाको भारत भ्रमण?
आईतबार १० साउन, २०८३
इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न निर्देशन
आईतबार १० साउन, २०८३
गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढीमा
शनिवार ९ साउन, २०८३
प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको प्रतिबद्धता : ‘नो भोट’ र विदेशबाट मतदान व्यवस्था गर्ने
शनिवार ९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०