पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोटका ५७ वर्षीय टीकाराम त्रिपाठी कक्षा १२ को परीक्षामा सहभागी भएका छन् ।
शुक्रबार बिहान ८ बजेबाट सुरु भएको कक्षा १२ को परीक्षामा त्रिपाठी सहभागी भएका हुन् ।
कालिका माध्यमिक विद्यालय मान्द्रेढुंगाका विद्यार्थी त्रिपाठीको परीक्षा केन्द्र पोखरा–३ को कन्या माविमा परेको छ । त्रिपाठी शिक्षाशास्त्रका विद्यार्थी हुन् ।
राष्ट्रिय परीक्षा बोर्डले नेपालका ७७ जिल्ला र जापानमा एक गरी एक हजार पाँच सय २६ परीक्षा केन्द्र तोकेको छ । यसपालि चार लाख ९१ हजार चार सय ९७ विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।