बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ फाल्गुण, २०८०
२ महिनाअघि

विराटनगर । काठमाडौंमा बसेर आमाको गर्जो टार्दै गरेकी ओखलढुंगाकी एक युवतीले सडक दुर्घटनामा ज्यान गुमाएकी छन् ।

मृत्यु हुनेमा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-२ वाक्साकी १९ वर्षीया सम्झना राई रहेकी छन् ।

सम्झना काठमाडौं महानगरपालिका-६ बौद्ध तीनचुली बस्दै आएकी थिइन् । स्नातक तहमा अध्ययन गर्दै गरेकी राई पढाइ खर्च र आमाको गर्जो टार्न पिज्जा हटमा काम गर्दै आएकी थिइन् ।

राईकी ४८ वर्षीया आमा विष्णुमाया राई मानेभञ्ज्याङ गाउँपालिका–२ वाक्सामा एक्लै बस्दै आएकी छन् ।

करिब १६ वर्ष अघि सम्झनाका बुबाको पनि निधन भएको थियो । सम्झना घरकी एक्ली सन्तान हुन् ।

हिजो साँझ साढे ७ बजे काम सकेर कोठामा फर्किँदा सडक पार गर्नेक्रममा सम्झना दुर्घटनामा परेकी हुन् ।

काठमाडौँ महानगरपालिका–६ बौद्ध प्रहरी वृत्तअगाडि बुधबार साँझ भएको सडक दुर्घटनामा परी सम्झनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडक पार गर्ने क्रममा चुच्चेपाटीबाट बौद्धतर्फ आउँदैगरेको बागमती प्रदेश ०२–०३३ प ८६४८ नम्बरको मोटरसाइकल र सोही दिशाबाट आएको ना ८ ख १११९ नम्बरको तेल बोक्ने ट्यांकरले ठक्कर दिँदा राईको घटनास्थलमै मृत्यु भएको थियो ।

मोटरसाइकल चालक काठमाडौँ गोकर्णेश्वर बस्ने वर्ष २७ का विवेक श्रेष्ठ र ट्यांकर चालक चितवन खैरेनी –१० का डम्बर खड्कालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय: बिहिबार १७ फाल्गुण, २०८०, ०७:१६:०६

सम्बन्धित खबर

एक वर्षदेखि अनुपस्थित रहेका सहसचिवको जागिर चैट

शुक्रबार १४ ब‌ैशाख, २०८१
१ दिनअघि

५७ वर्षीय त्रिपाठी, जसले दिँदै छन् कक्षा १२ को परीक्षा

शुक्रबार १४ ब‌ैशाख, २०८१
१ दिनअघि

गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

शुक्रबार १४ ब‌ैशाख, २०८१
१ दिनअघि

उपप्रधानमन्त्री लामिछानेको आरोप : कांग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्यो

बिहिबार १३ ब‌ैशाख, २०८१
२ दिनअघि

‘फेक’ भिडिओ भयो भाइरल, चितवनमै छन् कतारलाई दिने भनिएका खगेन्द्रप्रसाद र रुद्रकली

बिहिबार १३ ब‌ैशाख, २०८१
२ दिनअघि

पेस्तोल हराएपछि अनुसन्धानमा तानिए वरिष्ठ सई

बुधबार १२ ब‌ैशाख, २०८१
३ दिनअघि
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
शुक्रबार १४ ब‌ैशाख, २०८१
शिक्षादीपमा जलवायु सम्मेलन : जलवायु र वातावरण प्रदूषणका मुद्दामा विद्यार्थीको चासो
शुक्रबार १४ ब‌ैशाख, २०८१
एक वर्षदेखि अनुपस्थित रहेका सहसचिवको जागिर चैट
शुक्रबार १४ ब‌ैशाख, २०८१
५७ वर्षीय त्रिपाठी, जसले दिँदै छन् कक्षा १२ को परीक्षा
शुक्रबार १४ ब‌ैशाख, २०८१
गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
शुक्रबार १४ ब‌ैशाख, २०८१
उपप्रधानमन्त्री लामिछानेको आरोप : कांग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्यो
बिहिबार १३ ब‌ैशाख, २०८१
इलाममा ओलम्पियन मिट हुँदै, नेपाल र विदेशका ५० ओलम्पियन सहभागी हुँदै
बिहिबार १३ ब‌ैशाख, २०८१
‘फेक’ भिडिओ भयो भाइरल, चितवनमै छन् कतारलाई दिने भनिएका खगेन्द्रप्रसाद र रुद्रकली
बिहिबार १३ ब‌ैशाख, २०८१
वेस्ट इन्डिजसँग खेल्ने नेपालको टोली घोषणा
बिहिबार १३ ब‌ैशाख, २०८१
डढेलो निभाउन गएको दमकल नै जल्यो
बिहिबार १३ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०