बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । काठमाडौंमा बसेर आमाको गर्जो टार्दै गरेकी ओखलढुंगाकी एक युवतीले सडक दुर्घटनामा ज्यान गुमाएकी छन् ।

मृत्यु हुनेमा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-२ वाक्साकी १९ वर्षीया सम्झना राई रहेकी छन् ।

सम्झना काठमाडौं महानगरपालिका-६ बौद्ध तीनचुली बस्दै आएकी थिइन् । स्नातक तहमा अध्ययन गर्दै गरेकी राई पढाइ खर्च र आमाको गर्जो टार्न पिज्जा हटमा काम गर्दै आएकी थिइन् ।

राईकी ४८ वर्षीया आमा विष्णुमाया राई मानेभञ्ज्याङ गाउँपालिका–२ वाक्सामा एक्लै बस्दै आएकी छन् ।

करिब १६ वर्ष अघि सम्झनाका बुबाको पनि निधन भएको थियो । सम्झना घरकी एक्ली सन्तान हुन् ।

हिजो साँझ साढे ७ बजे काम सकेर कोठामा फर्किँदा सडक पार गर्नेक्रममा सम्झना दुर्घटनामा परेकी हुन् ।

काठमाडौँ महानगरपालिका–६ बौद्ध प्रहरी वृत्तअगाडि बुधबार साँझ भएको सडक दुर्घटनामा परी सम्झनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडक पार गर्ने क्रममा चुच्चेपाटीबाट बौद्धतर्फ आउँदैगरेको बागमती प्रदेश ०२–०३३ प ८६४८ नम्बरको मोटरसाइकल र सोही दिशाबाट आएको ना ८ ख १११९ नम्बरको तेल बोक्ने ट्यांकरले ठक्कर दिँदा राईको घटनास्थलमै मृत्यु भएको थियो ।

मोटरसाइकल चालक काठमाडौँ गोकर्णेश्वर बस्ने वर्ष २७ का विवेक श्रेष्ठ र ट्यांकर चालक चितवन खैरेनी –१० का डम्बर खड्कालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय: बिहिबार १७ फाल्गुण, २०८०, ०७:१६:०६

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
१ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
४ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०