अन्तरप्रदेश खेलकुद : १६ स्वर्णसहित तेस्रो बन्यो कोशी प्रदेश

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३ ब‌ैशाख, २०८१
२ वर्षअघि

चितवन : चितवनको भरतपुरमा हालै सम्पन्न प्रथम संस्करणको अन्तरप्रदेश राष्ट्रिय खेलकुदमा कोशी प्रदेशले १६ स्वर्णसहित ७५ वटा पदक जितेको छ ।

चैत २६ गतेदेखि वैशाख २ गतेसम्म भएका विभिन्न प्रतिस्पर्धामा ७५ पदक जित्दै कोशी तेस्रो बनेको हो ।

प्रतियोगितामा ६१ स्वर्णसहित एक सय ४० पदकसहित बागमती प्रथम बन्यो । भने २१ स्वर्ण जिते सुदूरपश्चिम प्रदेश दोस्रो भयो ।

कोशीले १६ स्वर्ण, २३ रजत र ३६ कास्य पदक जित्यो । कोशीका खेलाडीले ब्याडमिन्टनमा चार स्वर्ण, एक रजत र तीन कास्उ जित्दै आफ्नो बर्चश्व कायम राख्यो ।

ब्याडमिन्टनमा टिम इभेन्टमा पुरुषतर्फ विशाल तामाङ, मिलिन गुरुङ र विवेक कन्दङ्वाको समूले स्वर्ण जित्यो भने महिलातर्फ सीमा राजवंशी, रोजी राई र अन्जना राईको टिमले स्वर्ण जित्यो ।

मिक्स डबल्समा विशाल तामाङ र सीमा राजवंशीको जोडीले स्वर्ण जित्दा वुमन्स सिंगलमा सीमा राजवंशीले ‘गोल्ड मेडल’ जितिन् ।

वुमन्स सिंगलमा रोजी राई र मेन्स डबलमा विशाल राईले रजत जित्दा मिलिन गुरुङले कास्य पदक जिते । वुमन्स डबल्समा सीमा राजवंशी र रोजी राईले कास्य जित्दा मेन्स सिंगलमा विशाल तामाङले कास्य जिते ।

स्पर्धाको उत्कृष्ट खेलाडी विशाल तामाङ ठहरिँदा दुर्गा सारु मगर उत्कृष्ट प्रशिक्षक घोषित् भए ।

स्विमिङमा कोशीले ३ रजत र १३ कास्य गरी १९ पदक जित्यो । आरोन भण्डारीले तीन रजत र तीन कास्य पदक जित्दा सिशुमवन राईले एक रजत, १० कास्य जिते । उदेन लामा र अभयान्तर विक्रम राईले एक–एक रजत पदक हात पारेको प्रशिक्षक ईन्द्रजित राजभण्डारीले जानकारी दिए ।

यस्तै, करातेमा कोशीले एक स्वर्ण, ६ रजत र ६ कास्य गरी १३ पदक जित्यो । ईश्वरधन राईले ९४ केजीतर्फ स्वर्ण जित्दा विवेक राईले एकल कातातर्फ र विद्याकला राईले ५५ केजी समूहमा रजत जितिन् ।

पर्वत बस्नेतले ६७ केजी समूहमा रजत जित्दा सूर्यचन्द्र राईले ५५ केजी समूहमा, दिव्या तामाङले५० केजी समूहमा र दिपेश राईले ५० केजी समूहमा रजत जिते ।

रोश्मा राईले एकल कातामा, मेनुका मगरले ६८ केजी समूहमा, स्मृति चौधरीले ४५ केजी समूहमा, केशव राईले ८४ केजी समूहमा र खरीहाड छुमीले ७५ केजी समूहमाकास्य

टिम कातातर्फ खरीहाङ राई, अर्जुन श्रेष्ठ र सूर्यचन्द्र राईको टिमले कास्य जितेको प्रशिक्षक रामबहादुर राईले जनाए ।

एथ्लेटिक्समा कोशीले दुई स्वर्ण, चार रजत र दुई कास्य गरी आठ पदक जित्यो । ट्रिपल जम्प ः रोजिना कुमालले स्वर्ण जितिन् भने ४०० मिटर रिले दौड पुरुषतर्फ सोयल चौधरी, समीर तामाङ, राकेश सार्की, नितम चौधरीले स्वर्ण जिते ।

सय मिटर दौड महिलातर्फ आरती चौधरीले रजत हात पार्दा सय मिटर दौड पुरुषमा सुमित गच्छदारले रजत जिते । लङ जम्पमा आरती चौधरीले रजत जितिन् भने डिस्कर्पोमा एलिना लिम्बुले रजत जितिन् । लङ जम्पमा रोजिना कुमाल र कास्य ज्याबलिङ थ्रोमा देवान तामाङले कास्य पदक जिते ।

बक्सिङ दुई स्वर्ण, पाँच रजत र ६ कास्य गरी कोशीले १४ पदक जित्यो । महिलातर्फ ५७ केजी समूहमा नारिका राईले बागमतीकी तुलसी भण्डारीमाथि जित निकाल्दै स्वर्ण पदक हात पारिन् । महिलाकै ६० केजी समूहमा जोनु लिम्बुले मधेसकी निश्मा गुरुङलाई हराउँदै गोल्ड जितिन् ।

महिलाको ५० केजी समूहमा शिला राई, पुरुषको ५४ केजी समूहमा डम्बरबहादुर श्रेष्ठ, ६० केजी समूहमा सिंहवीर लिम्बु, ६३.५ केजी समूहमा एकलिस साही, ७५ केजी समूहमा प्रशान्त दाहाल र ९२ केजी समूहको सुपर हेभीमा इशकजनक शाहीले रजत जिते ।

म्हिलाको ६६ केजी समूहमा शर्मिला आलेमगर र ७५ केजी समूहमा रञ्जिता मगरले कास्य जितिन् भने पुरुषको ५१ केजी समूहमा युपेन राई, ५७ केजी समूहमा बलबहादुर पुन मगर, ७१ केजी समूहमा तोबिन प्रधान र ९२ केजी समूहको सुपर हेभीमा हेमचन्द्र राईले कास्य जिते ।

तेक्वान्दोमा पाँच स्वर्ण, दुई रजत र ६ कास्य गरी १३ पदक जित्यो । सिंगल पुम्सेमा महिलातर्फ कोशीकी सुशीला राईले बागमतीकी कुविना राईलाई हराउँदै स्वर्ण जितिन् भने

यसैगरी, महिला क्रिकेटमा कोशीले सुदूरपश्चिमसँग निरिह बन्दै रजतमा चित्त बुझायो भने भलिबलमा गण्डकीसँग पराजय बेहोर्दै रजतमा सीमित बन्यो । तर, फुटबलतर्फ भने कोशीले दुई स्वर्ण हात पार्‍यो ।

महिला फुटलबलमा सुदूरपश्चिमलाई हराउँदै स्वर्ण जितेको कोशीले पुरुष फुटबलतिर बागमतीमाथि जित निकाल्दै स्वर्ण जित्यो ।

प्रकाशित समय: सोमबार ३ ब‌ैशाख, २०८१, १९:५५:२५
प्रधानमन्त्रीले एकसाथ भेटे ईयूका कूटनीतिज्ञलाई
मङ्गलबार १२ जेठ, २०८३
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न अदालतको आदेश
मङ्गलबार १२ जेठ, २०८३
मनसुन प्रतिकार्यमा २६ हजार सुरक्षाकर्मी परिचालन गरिने
मङ्गलबार १२ जेठ, २०८३
पार्टी कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न निर्देशन
मङ्गलबार १२ जेठ, २०८३
काठमाडौंमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन अपिल
मङ्गलबार १२ जेठ, २०८३
सम्माननीय सभामुखज्यू, प्रधानमन्त्रीज्यूलाई हाजिर गराइदिनुस् : सांसद् बराल
मङ्गलबार १२ जेठ, २०८३
सांसद् राईको प्रश्न,जीवी राई कहिले पक्राउ पर्छन् ?
मङ्गलबार १२ जेठ, २०८३
त्रिभुवन विमानस्थलका सबै पसलमा नेपाली उत्पादन अनिवार्य गर्न सांसद् श्रेष्ठको माग
मङ्गलबार १२ जेठ, २०८३
काठमाडौँबाट २८ हजार भन्दा बढी अवैध भेपसहित एक जना पक्राउ
मङ्गलबार १२ जेठ, २०८३
ग्यालेक्सी फोके टिभीका सामान १५ दिनभित्र लैजान सूचना
मङ्गलबार १२ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०