शिक्षादीपमा जलवायु सम्मेलन : जलवायु र वातावरण प्रदूषणका मुद्दामा विद्यार्थीको चासो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १४ ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगरको अग्रणी शैक्षिक संस्था शिक्षादीप कलेजले दोस्रो जलवायु सम्मेलनको आयोजना गरेको छ ।

शुक्रबार विराटनगर महानगरपालिका–९ स्थित आफ्नै सभाहलमा कलेजले दोस्रो पटक जलवायु सम्मेलनको आयोजना गरेको हो ।

Advertisement

शिक्षादीपको कक्षा ११ मा जीवविज्ञान विषय लिएर पढ्ने विद्यार्थीहरूले सम्मेलनमा जलवायु र वातावरण प्रदूषणसँग सम्बन्धित जल्दोबल्दो मुद्दामा प्रस्तुतीकरण गरेका थिए ।

विद्यालयदेखि समाजसम्म सचेतना फैलाउने उद्देश्यका साथ ‘स्मल एक्ट, बिग इम्प्याक्ट’ अर्थात् सानो प्रयासबाट ठुलो प्रभाव पार्न सकिने नाराका साथ विद्यार्थीहरूले प्रस्तुतीकरण गरेका थिए ।

सम्मेलनकी प्रमुख अतिथि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) की सह–प्राज्ञ डा. ईन्द्रमणि भगतले शिक्षादीपले आफ्नो कलेजका विद्यार्थीहरूलाई सहभागी गराएर उत्कृष्ट सम्मेलन आयोजना गरेको बताइन् ।

विद्यार्थीहरूले खोज–अनुसन्धानबाट वातावरण क्षेत्रका समस्या र समाधानका उपायहरूसमेत आफ्नो प्रस्तुतिकरणमा समावेश गरेर वातावरण संरक्षणमा योगदान गरेको बताइन् ।

उनीहरूले गहिरो खोज तथा अनुसन्धानबाट विषय छनोट गरी मिचाहा प्रजातिका वनस्पति, अम्लीय वर्षा, तापमान वृद्धि, प्लास्टिक प्रदूषण, खाद्य सुरक्षा, ओजन तहको विनाशलगायत आठवटा विषयमा खोजमूलक प्रस्तुतिकरण गरेका थिए ।

अतिरिक्त क्रियाकलापअन्तर्गत अघिल्लो वर्ष आयोजित पहिलो जलवायु सम्मेलन प्रभावकारी भएका कारण निरन्तरतास्वरूप सम्मलेनको आयोजना गरिएको कलेजले जनाएको छ ।

कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले विद्यार्थीहरूलाई वातावरणको क्षेत्रमा धेरै ठुलो चासो रहेको बताउँदै सम्बन्धित निकायको ध्यान आकृष्ठ हुनेगरी सम्मलेनको आयोजना गरिएको सुनाए ।

जलवायु परिवर्तन विश्वव्यापी समस्या भएका कारण सम्बन्धित निकायलाई झकझक्याउने प्रयास विद्यार्थीले गरेको प्रिन्सिपल खड्काको भनाइ छ ।

सम्मेलनमा शिक्षादीप कलेजका अध्यक्ष तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुली, कलेजका सह–प्राध्यापक शैलेन्द्र शिवाकोटी, चिफ डाइरेक्टर रमेशकुमार मण्डल, कन्भेनर डा. ललित नारायण मण्डर, एलिजा आचार्य शिवाकोटी, विज्ञान संकाय प्रमुख नवीनकुमार रायलगायत विभिन्न संकायका प्रमुखहरू, सञ्चालक समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।

कोशी प्रदेशभित्र कक्षा ११ मा सबैभन्दा बढी विद्यार्थी भर्ना हुने कलेजको रूपमा चिनिएको शिक्षादीपले प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
१७ घण्टाअघि

न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ

बिहिबार २९ असोज, २०८३
३ दिनअघि

कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत

आईतबार २५ असोज, २०८३
६ दिनअघि

बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु

आईतबार २५ असोज, २०८३
७ दिनअघि

इसोनर्म फास्ट ४० फुटसल कपको उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई

आईतबार २५ असोज, २०८३
७ दिनअघि

७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०