विराटनगर । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टससँगको मुद्दा जितेका छन् ।
पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले युभेन्टससँग पारिश्रमिकसम्बन्धी कानुनी लडाइँ जितेका हुन् ।
साउदी प्रो लिग क्लब अल नासरबाट खेलिरहेका रोनाल्डोले कोभिड–१९ महामारीका बेला तलब नपाएको भन्दै युभेन्ट्सविरुद्ध मुद्दा दायर गरेका थिए ।
रोनाल्डोले लकडाउनको समयमा आफ्नो पारिश्रमिक कटौतीमा सहमति जनाएका थिए । तर, प्रतिज्ञा गरेअनुसार आफूलाई क्बलले १७ मिलियन पाउन्ड भुक्तानी नदिएको भन्दै उनले मुद्दा दायर गरेका थिए ।
अब युभेन्ट्सले उक्त रकमको ब्याजसहित ८३ मिलियन पाउन्ड तिर्नुपर्ने इटालियन मिडियाहरूले जनाएका छन् ।
उनले सन् २०१८ देखि २०२१ सम्म तीन सिजन युभेन्टसबाट खेलेका थिए । जसमा उनले १३४ खेलमा १०१ गोल गरेका थिए ।