अस्कर समारोहमै थप्पड : स्मिथले रकसँग मागे माफी

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १६ चैत, २०७८
४ वर्षअघि
अस्कर समारोह

अभिनेता विल स्मिथले अस्कर्स पुरस्कार वितरण समारोहमा आफूले प्रस्तोता क्रिश रकलाई थप्पड हान्नु गलत भएको भन्दै माफी मागेका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै भने, “क्रिश, म तिमीसँग सार्वजनिक रूपमा माफी माग्न चाहन्छु ।

मैले सीमा नाघेर व्यवहार गरेँ र म गलत थिएँ ।”

अस्कर्स फिल्म एकेडेमीले स्मिथको व्यवहारको भत्र्सना र घटनाबारे औपचारिक समीक्षाको घोषणा गरेपछि उनले माफी मागेका हुन् ।

हास्य कलाकार क्रिशले आफ्नी श्रीमती जाडा पिङ्केट स्मिथको मुडुलो टाउकोमाथि ठट्टा गरेपछि चर्चित अभिनेता स्मिथले क्रिसको गालामा थप्पड हानेका थिए ।

यसक्रममा रकले अभिनेता विल स्मिथ र उनकी पत्नी जाडा पिन्केटलाई मजाक गरेर हसाउँदै थिए ।

रकले जाडालाई जीआई जेन भनी मजाक गरेका थिए ।

सन् १९९७ मा आएको फिल्म जिआई जेनमा मुख्य अभिनेत्री डेमी मूरको मुडुलो टाउको देखाइएको छ ।

रकले स्मिथकी पत्नी जाडा पिन्केट स्मिथको शारीरिक अवस्थाका बारेमा मजाक गरेपछि स्मिथ रिसाएका थिए ।

जाडालाई एलोपेसिया नामक रोग लागेकाले कपाल खौरेर टाउको मुडुलो पारेकी छन् ।

उनले भनेका थिए, “आई लभ यु जाडा । म जिआई जेन–२ को प्रतीक्षामा छु ।”

जिआई जेन सन् १९९७ को हलिवुड फिल्म हो जसमा फिल्मकी प्रमुख नायिकाले शिर मुण्डन गरेकी थिइन् ।

रकले पत्नीको मजाक उडाएपछि विल स्मिथ स्टेजमै पुगेका थिए ।

त्यहीँ उनले रकको गालामा थप्पड हाने ।

त्यतिले मात्र उनको रिस मरेन ।

फर्केर आफ्नो सिटमा आएपछि उनले ‘आफ्नो घिनलाग्दो मुखबाट मेरी पत्नीको नाम नलिई’ भन्दै रकलाई दुईपटक गाली गरे ।

यस्तो घटना भएपछि पुरस्कार समारोहमा आएका अतिथिहरू स्तब्ध बने ।

तर पछि रक र स्मिथबीच कुरा मिलेर रमाइलो गरेका थिए ।

घटनाको केही क्षणपछि अभिनेता स्मिथले किङ रिचर्ड नामक चलचित्रमा ख्यातिप्राप्त टेनिस खेलाडीहरू भिनस र सेरेना विलियम्सको बुबाको भूमिका निर्वाह गरेकोमा ओस्कर पुरस्कार जितेका थिए ।

“हिंसाको हरेक स्वरूप विषाक्त र विनाशकारी हुन्छ,” स्मिथले इन्स्टाग्राममार्फत सार्वजनिक गरेको विज्ञप्तिमा लेखिएको छ । “गत राति एकेडेमी अवार्डमा मैले गरेको व्यवहार अस्वीकार्य र अक्षम्य छ ।

ममाथि हुने ठट्टाहरू मेरो कामको एउटा अंश हो तर जाडाको स्वास्थ्य अवस्थाप्रति गरिएको ठट्टा असह्य थियो र मैले भावनात्मक रूपमा प्रतिक्रिया जनाएँ ।”

स्मिथले आफ्नो व्यवहारले ‘सीमा नाघेको’ भन्दै रक, एकेडेमी र विलियम्सको परिवारसँग पनि माफी मागेका छन् ।एएफपी

प्रकाशित समय: बुधबार १६ चैत, २०७८, २२:०७:४०

सम्बन्धित खबर

हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह

आईतबार १७ साउन, २०८३
१ महिनाअघि

किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा

शुक्रबार ८ साउन, २०८३
१ महिनाअघि

चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना

बुधबार १० असार, २०८३
२ महिनाअघि

महेश बस्नेत अतिथि बनेपछि होन्डाले कमेडी च्याम्पियन्सबाट फिर्ता लियो प्रायोजन

बुधबार १३ फाल्गुण, २०८२
६ महिनाअघि

अरिजित सिंहले चलचित्र गायनबाट सन्यास घोषणा

बिहिबार १६ माघ, २०८२
७ महिनाअघि

पब्जी ई-स्पोर्ट्सको फिनाले सम्पन्न

बुधबार ८ असोज, २०८२
१२ महिनाअघि
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०