नेपाललाई सुरुवाती झट्का, पिएनजीविरुद्धविरुद्ध चलन सकेन ब्याटिङ

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ११ चैत, २०७८
४ वर्षअघि
ब्याटिङ

लगातार तीन ओभरमा आफ्ना प्रमुख चार ब्याटर गुमाएपछि दुई सय ९३ रनको विशाल लक्ष्य पाएको नेपालको ब्याटिङ धराशायी बनेको छ ।

दुई एकदिवसिय र त्रिकोणात्मक टी२०आई खेल्न नेपाल आएको पपुवा न्युगिनी (पिएनजी)ले पहिले ब्याटिङ गर्दै ५० ओभरको क्षतिमा आठ विकेट गुमाएर दुई सय ९२ रन बनाएको थियो ।

नेपालका लागि ओपनर अनिल शाह भानुवाको बलमा क्याच आउट भए । २१ बलको सामना गरेका भानुवाले एक चौकाको मद्दतमा ६ रनमात्रै बनाए ।

आठौं ओभरमा पहिलो विकेट गुमाएको नेपालले दोस्रो विकेटका रुपमा देव खनाललाई शुन्य रनमा पेभिलियनमा पायो ।

खनाललाई क्रिज छाड्न पोकनाको बलिङमा हिरीले सहयोग गरे ।

४५ रन बनाउँदा दुई विकेट गुमाएको नेपालले तेस्रो विकेटका रुपमा भरपर्दा ओपनर कुशल भुर्तेललाई ३२ रनमा गुमायो ।

दशौं ओभरमा भुर्तेललाई भानुवाले बोल्ड आउट गरे । २८ बलको सामना गरेका भुर्तेलले ६ चौकाको मद्दतमा ३२ रनको योगदान गर्दै पेभिलियन फर्किए ।

लगातार तीन प्रमुख ब्याटर गुमाएर धराप बनेको नेपालको इनिङ दिपेन्द्रसिंह ऐरी र रोहित पौडलले सम्हाल्ने प्रयास गरे पनि पिएनजीका बलर बाधक बने ।

नेपालको चौथो विकेटका रुपमा ऐरी अमिनीको बलमा १५ रन बनाएर किलामार्फत क्याच आउट भए ।

क्रिज छाड्नअघि १७ बलको सामना गरेका ऐरीले तीन चौकाको मद्दतमा १५ रन बनाए ।

७३ रन बनाउँदा चार विकेट गुमाएको नेपालको इनिङ यतिबेला रोहित पौडेल र आरिफ शेखले सम्हालिरहेका छन् ।

प्रकाशित समय: शुक्रबार ११ चैत, २०७८, १४:५८:४०
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०