पहिलाे हाफमा नेपाल र थाइल्यान्डकाे बराबरी

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० चैत, २०७८
४ वर्षअघि
फिफा वरीयता

थाइल्यान्डविरुद्धको पहिलो हाफमा नेपालले गोलरहित बराबरी खेलेको छ ।

थाइल्यान्ड भ्रमणमा गएको नेपाली राष्ट्रिय फुटबल टोलीले भ्रमणको पहिलो खेलमा आज चोनबुरी रङ्गशालामा थाइल्यान्ड राष्ट्रिय फुटबल टोलीको सामना गरिरहेको छ ।

फिफा विश्व वरियताको एक सय १२औं स्थानमा रहेको थाइल्यान्डले नेपालको पोस्टमा लगातार आक्रमण गरिरहेको छ ।

यता नेपालले भने काउन्टर मुभमा केही अट्याक गर्नुबाहेक थाइल्यान्डको पोस्टमा खासै प्रहार गर्न सकिरहेको छैन ।

थाइल्यान्डभन्दा ५५ स्थान तल रहेको नेपाल पछिल्लो फुटबल विश्व वरियतामा एक सय ६७औं स्थानमा छ ।

थाइल्यान्डले खेलको दोस्रो मिनेटमा नै नेपालको पोस्टमा धावा बोलेको थियो ।

चौथो मिनेटमा नेपाली खेलाडीलाई थाइल्यान्डले फाउल गरेपछि नेपालले मध्य भाग नजिकैबाट फ्रकिक पाएको थियो ।

एरिक विष्टले प्रहार गरेको उक्त फ्रिकिकलाई नेपालले सदुपयोग गर्न सकेन ।

पाँचौँ मिनेटमा थाइल्यान्डले गरेको प्रहार नेपाली टोलीका कप्तान एवम् गोलरक्षक चेम्जोङले रोके ।

१०औं मिनेटमा थाइल्यान्ड पुनः प्रयास गर्याे । तर उसको प्रयास विफल रह्यो ।

११औं मिनेटमा राइट फ्लाङ्कबाट गरिएको प्रयासमा दिनेश राजवंशी बाधक बने ।

१४औं मिनेटमा वोराचितको प्रहार किरणले मुस्किलले बचाए ।

तर सोही मिनेटमा तेज तामाङ्गले आदिसाकलाई लडाएपछि नेपालको पेनाल्टी क्षेत्र नजिकै थाइल्यान्डले फ्रिकिक पायो ।

तर त्रिस्तान डोले हानेको प्रहार आकाशतिर हुँइकिएको थियो ।

१९औं मिनेटमा दर्शन गुरूङले पेनाल्टी क्षेत्रभित्र मौका भए पनि उनले गरेको हेडरले आकाशको िदशा लिएको थियो ।

२३औं मिनेटमा कप्तान चेम्जोङले फ्लाइङ सेभ गरे ।

२६औं मिनेटमा पाथोमफोनको प्रहार आकाशिँदा थाइल्यान्डले अग्रता लिने मौका गुमायो ।

३२औं मिनेटमा १६ चुकेका थिए ।

अतिरिक्त समयमको ४६औं मिनेटमा थानाबुन केसारातले प्रयास गरे पनि आकाशिएको थियो ।

यसअघिका दुई भेटमा नेपालमाथि थाइल्यान्डले जित निकालेकाले नेपाल आजकाे खेलमा जित दर्ता गर्दै हेड टु हेडमा सुधार गर्न चाहन्छ ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले फिफा वरीयतामा आफूभन्दा माथि रहेको थाइल्यान्डसँग खेलेकाे हाे ।

यस्तै, नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ ।

उक्त खेल आइतबार चोनुबारीमै हुने छ ।

एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुने छ ।

छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुने छ ।

नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्ने छ ।

दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्ने छ ।

नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्ने छ ।

 

प्रकाशित समय: बिहिबार १० चैत, २०७८, १८:४४:२९

सम्बन्धित खबर

‘कांग्रेसको झोले हुँ भनेर छाती पिट्न सक्ने गर्विलो पार्टी बनाउँछौँ’
शनिवार २३ साउन, २०८३
बैंककमा १४ वर्षीय किशोरको गोली प्रहारबाट ८ जनाको मृत्यु
शनिवार २३ साउन, २०८३
३० वर्षदेखि सगरमाथामा रहेको ‘ग्रीन बुट्स’को शव घर फर्काइँदै
शनिवार २३ साउन, २०८३
सरकारसँग रमेश प्रसाईंको प्रश्न, जनतालाई लाइनमुक्त बनाउने वाचा कहाँ गयो ?
शुक्रबार २२ साउन, २०८३
सम्पत्ति शुद्धीकरणमा चक्रे मिलनले पाए सफाइ
शुक्रबार २२ साउन, २०८३
क्यान्सरसँगको लडाइँ कि उपचार खर्चसँगको हार? पराजुली दम्पतीको घटनाले उठायो गम्भीर प्रश्न
शुक्रबार २२ साउन, २०८३
भदौदेखि निर्णायक आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
शुक्रबार २२ साउन, २०८३
कांग्रेस सांसद् डा‍‍.चन्द्रमोहन यादव सदनमा मौन उभिने
शुक्रबार २२ साउन, २०८३
शनिबार पूर्वी नेपालका केही जिल्लामा १२ घण्टा विद्युत् अवरुद्ध
शुक्रबार २२ साउन, २०८३
राष्ट्रियसभा बैठक साउन २७ गते बस्ने
शुक्रबार २२ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०