बिमाबाट उपचार बन्द गर्दै बिपी प्रतिष्ठान

खर्च भर्पाइ नभए बिमामार्फत पाइने सबै प्रकारका उपचार बन्द गरिने

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ९ चैत, २०७८
५ वर्षअघि
बिपी

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले स्वास्थ्य बिमा गरेका विमितहरुकाे निःशुल्क उपचार नगर्ने घाेषणा गरेकाे छ ।

प्रतिष्ठानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीले  बुधबार (आज) एक सूचना प्रकाशित गर्दै चैत १५ गतेदेखि बिमितहरूको उपचार नगरिने जानकारी दिएका हुन् ।

Advertisement

विमितहरूको निःशुल्क उपचार गरेबापत सरकारले दिनु पर्ने रकम समयमा नै नदिएकाे कारण प्रतिष्ठान निःशुल्क उपचार नगर्ने घाेषणा गर्न बाध्य भएकाे सूचनामा उल्लेख गरिएकाे छ ।

बिमामार्फत प्रतिष्ठानले गरेको खर्चको भर्पाइ सरकारले समयमै नगरेका कारण प्रतिष्ठानमा आर्थिक कठिनाइ उत्पन्न भएको जनाउँदै बिपी प्रतिष्ठानले अब बिमाबाट उपचार गर्न नसक्ने बताएको हो ।

प्रदेश १ कै सबैभन्दा ठूलो स्वास्थ्य प्रतिष्ठानले सेवा अवरुद्ध गरे प्रदेश १ र मधेस प्रदेशका हजाराैँ नागरिक स्वास्थ्य बिमा सेवामार्फत हुने उपचारबाट वञ्चित हुने निश्चित छ ।

प्रतिष्ठानले हाल दैनिक तीन हजारभन्दा बढी बिरामीले ओपिडी सेवा दिँदै आएको छ ।

नेपाल सरकार स्वास्थ्य बिमा बोर्डबाट बिमा गरेका बिमितहरुलाई प्रतिष्ठानले २०७४ साउनदेखि स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको थियो ।

तर, सरकारले उपचार वापतको रकम लामो समयदेखि उपलब्ध नगराएको भन्दै प्रतिष्ठानले चैत १५ देखि विमाबाट उपचार गर्न नसकिने जनाएको हो ।

‘स्वास्थ्य बिमाको कार्यक्रम सञ्चालन गर्दा देखिएका प्राविधिक तथा अन्य समस्याहरुको सहजीकरण गर्न विभिन्न समयमा स्वास्थ्य बिमा बोर्ड लगायत अन्य सरोकारपालाहरुलाई पटकपटक लिखित अनुरोध गर्दा पनि हालसम्म समाधान हुन सकेन,’ उपकुलपति गिरीद्वारा सार्वजनिक गरिएको सूचनामा लेखिएकाे छ ‘यसले प्रतिष्ठान आर्थिक सङ्कटमा परेको छ । शिक्षक तथा कर्मचारीलाई पारिश्रमिक दिन र दैनिक सञ्चालन खर्चमा समेत प्रतिकूल प्रभाव परेको छ ।’

गिरीका अनुसार दिइएकाे समयभित्र खर्च भर्पाइ नभए बिमामार्फत पाइने सबै प्रकारका बहिरंग, आकस्मिक सेवा तथा अन्तरंग सबै विभागमा उपचार बन्द गरिनेछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०