मन्त्री आलेकाे सगरमाथा चढ्न प्रस्तावप्रति बलिउड अभिनेता सलमान खान सकारात्मक

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ९ चैत, २०७८
३ वर्षअघि
सलमान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बलिउड स्टार सलमान खानलाई नेपालमा रहेकाे विश्वकै अग्लाे हिमाल सगरमाथा चढ्न अफर गरेका छन् ।

साङ्गेतिक कार्यक्रम लिएर जेठ १४ मा नेपाल भ्रमण गर्न लागेका खानसँग आज भर्चुअल कुरा गर्दै मन्त्री आलेले सगरमाथा आराेहणकाे लागि प्रस्ताव गरेका हुन् ।

मन्त्री आलेले सगरमाथाकाे आराेहणकाे प्रस्ताव गरेपछि खानले पनि ‘हुन्छ’ भन्दै सकारात्मक जवाफ दिएका थिए ।

त्यसबाहेक बुधबार सोल्टी होटलमा भएको भर्चुअल मिटिङमा मन्त्री आलेले बलिउड स्टार खानलाई सगरमाथासम्मकाे माउन्टेन फ्लाइटमा लैजाने र सगरमाथा नजिकै रहेकाे विश्वकै अग्लाे स्थानकाे हाेटलमा ‘ब्रेकफास्ट’ गराउने वाचा समेत गरेका छन् ।

बलिउड स्टार खानसँगकाे भर्चुअल कुराकानी प्रत्यक्ष रूपमा उनले स्वागत गर्न गरिएकाे भएपनि संवादका क्रममा मन्त्री आलेले पर्यटकका लागि नेपाल खुला भइसकेकाे जानकारी खानलाई गराएका थिए ।

संवादकाे बिचबीचमा नेपालकाे वर्णन गरेका मन्त्री आलेकाे कुरामा हाे भन्दै खानले नेपाल सुन्दर रहेकाे र नेपालमा आफूले केही प्राेजेक्ट समेत गरिसकेकाे समझिएका थिए ।

खान ओडिसी इन्टरटेन्टमेन्ट र हिटा समूहको निम्तोमा आगामी जेठ १४ गते दबङ्ग : द टुर रिलाेडेट कार्यक्रममा सहभागी हुन नेपाल आउने कार्यक्रम छ ।

उनीसँगै अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरियोग्राफर प्रभु देवा, मुदस्सर खान, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक गुरु रन्धावालगायतका कलाकार नेपाल आउँदैछन् ।

 

प्रकाशित समय: बुधबार ९ चैत, २०७८, १७:३४:२३
भारतीय नागरिक १० किलो गाँजासहित पक्राउ
मङ्गलबार ३० ब‌ैशाख, २०८२
आन्दोलन शान्तिपूर्ण हुन्छ, भड्काउने काम नगर्नुहोस् : कमल थापा
मङ्गलबार ३० ब‌ैशाख, २०८२
नेपालमा सीए शिक्षामा अब नयाँ पाठ्यक्रम
मङ्गलबार ३० ब‌ैशाख, २०८२
कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्नुपर्छ : गृहमन्त्री
मङ्गलबार ३० ब‌ैशाख, २०८२
विस्थापितलाई पुनर्स्थापना गर्न भूमि ऐन तत्काल चाहियो : एमाले सांसद तामाङ
मङ्गलबार ३० ब‌ैशाख, २०८२
पनौतीको बाढीमा परेर बेपत्ता महिलाको खोजी जारी
मङ्गलबार ३० ब‌ैशाख, २०८२
धुलिखेलको खड्पुमा घरभित्रै छिर्‍यो टिपर
मङ्गलबार ३० ब‌ैशाख, २०८२
रुस–युक्रेन वार्ता : ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
मङ्गलबार ३० ब‌ैशाख, २०८२
पाकिस्तानले आक्रमण गरेको भनिएको पञ्जाबको आदमपुर एयरबेसमा पुगे मोदी
मङ्गलबार ३० ब‌ैशाख, २०८२
गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति संसद्‌मा ध्यानाकर्षण
मङ्गलबार ३० ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०