तस्बिरमा हेर्नुस् नेपालविरुद्ध पिएनजी

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २ चैत, २०७८
३ वर्षअघि
पिएनजी

आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनी (पिएनजी)विरुद्ध नेपालले २ विकेटकाे साँघुराे जित निकालेकाे छ ।

युएईस्थित शारजाह क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले पिएनजीमाथि २ विकेटको जित दर्ता गरेकाे हो ।

टस जितेर पहिले ब्याटिङ राेजेकाे पिएनजीले नेपाललाई जितका लागि दुई सय पाँच रनकाे लक्ष्य दिएकाे थियाे ।

सुरुवाती ब्याटिङमा उत्रिएको पीएनजीका लागि चार्ल्स अमिनीले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५९ रन बनाए ।

त्यस्तै, चाड सोपरले ३५ रन बनाउँदा टोनी उराले २७, लेगा साइकाले २५ तथा नोर्मन भानुआले २३ रन बनाए। त्यस्तै कप्तान असद भालाले १९ रन बनाए।

बलिङतर्फ नेपालका लागि सर्वाधिक विकेट सोमपाल कामीले लिए । कामीले ३ विकेट लिँदा आरिफ शेख, सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले समान १ विकेट लिए।

ज्ञानेन्द्र मल्लले एक दिवसीय क्रिकेटमा पहिलोपटक विकेट लिएका हुन् ।

पिएनजीले दिएको २०५ रनको लक्ष्य नेपालले ४ बल बाँकी छँदा ८ विकेट खर्चिएर भेट्टायो ।

१५ ओभरमा ४२ रन बनाउँदा ४ विकेट गुमाएर डगमगाएकाे नेपालको स्थितिलाई युवा ब्याटर रोहित पाैडेल र आरिफ शेखले बचाएका थिए ।

पाैडेल र शेख क्रिजमा आउनुअघि कुशल भुर्तेल १, ज्ञानेन्द्र मल्ल ४, दीपेन्द्रसिंह ऐरी ८ र आसिफ शेख १६ रनमा आउट भएका थिए ।

पाँचौं विकेटका लागि पाैडेल र शेखले १ सय २ रनको शतकीय साझेदारी गर्दै नेपाललाई  जतितर्फ अघि बढाए।

नेपालका लागि १७ औं एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक शतकीय साझेदारी सम्भव भएको हो ।

रोहित र आरिफ दुबैले अर्धशतक बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको चौथो र आरिफको पहिलो अर्धशतक हो ।

रोहितले ५८ र आरिफले ५३ रन बनाए ।

रोहितले ८२ बल खेली ४ र आरिफले ८६ बल खेली २ चौका प्रहार गरे ।

यी दुई आउट भएपछि करण केसी र सोमपाल कामीले नेपाललाई जिताए । सोमपाल ७ बलमा ८ रन बनाई आउट भए । करण २५ बलमा २९ रन बनाई अविजित रहे ।

अन्तिम ओभरमा नेपाललाई विजयका लागि ५ रन चाहिएकाे थियाे । पहिलो बलमा लेग बाईमार्फत चौका बटुलेकाे नेपालकाे लागि दाेस्राे बलमा करणले लामाे छक्का प्रहार गर्दै नेपालकाे जित निश्चित गरे ।

अब, नेपालले अर्को खेल १८ मार्चमा यूएईसँग खेल्नेछ ।

२१ मार्चमा पुनः यूएईसँग खेल्ने नेपालले २२ मार्चमा पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्नेछ।

जितसँगै लिग २ को अङ्कतालिकामा नेपाल छैटाैं स्थानमा यथावत् रहेकाे छ ।

सबैभन्दा कम ९ खेल खेलेकाे नेपाल १० अङ्क जोडेर छैटौं स्थानमा रहँदा १४ खेल खेलिसकेकाे पपुवा न्युगिनी हालसम्म अंकविहीन रहँदै पुछारमा छ।

हेर्नुस तस्बिरः

प्रकाशित समय: बुधबार २ चैत, २०७८, २०:४९:२३
भारतीय नागरिक १० किलो गाँजासहित पक्राउ
मङ्गलबार ३० ब‌ैशाख, २०८२
आन्दोलन शान्तिपूर्ण हुन्छ, भड्काउने काम नगर्नुहोस् : कमल थापा
मङ्गलबार ३० ब‌ैशाख, २०८२
नेपालमा सीए शिक्षामा अब नयाँ पाठ्यक्रम
मङ्गलबार ३० ब‌ैशाख, २०८२
कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्नुपर्छ : गृहमन्त्री
मङ्गलबार ३० ब‌ैशाख, २०८२
विस्थापितलाई पुनर्स्थापना गर्न भूमि ऐन तत्काल चाहियो : एमाले सांसद तामाङ
मङ्गलबार ३० ब‌ैशाख, २०८२
पनौतीको बाढीमा परेर बेपत्ता महिलाको खोजी जारी
मङ्गलबार ३० ब‌ैशाख, २०८२
धुलिखेलको खड्पुमा घरभित्रै छिर्‍यो टिपर
मङ्गलबार ३० ब‌ैशाख, २०८२
रुस–युक्रेन वार्ता : ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
मङ्गलबार ३० ब‌ैशाख, २०८२
पाकिस्तानले आक्रमण गरेको भनिएको पञ्जाबको आदमपुर एयरबेसमा पुगे मोदी
मङ्गलबार ३० ब‌ैशाख, २०८२
गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति संसद्‌मा ध्यानाकर्षण
मङ्गलबार ३० ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०