मुख्य प्रशिक्षक अलमुताइरी झापा आउँदै

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३० फाल्गुण, २०७८
४ वर्षअघि
अलमुताइरी

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपालकाे सुदूरपूर्व जिल्ला झापा आउने भएका छन् । 

झापामा जारी पाँचाैँ संस्करणकाे झापा गोल्डकपको फाइनल खेल हेर्न प्रशिक्षक विर्तामोड आउन लागेका हुन् ।

उनीसँगै नेपाली फुटबल टाेलीका व्यवस्थापक मधुसुदन उपाध्याय पनि झापा आउँदैछन् ।

विर्तमाेडस्थित डोमलाल राजवंशी रंगशालामा आज झापा गाेल्डकपकाे फाइनल खेल हुँदैछ ।

मध्यान्ह १२ बजे हुने फाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र आयाेजक झापा–११ को आमनेसामने हुँदैछन् ।

आफू खेल हेर्न झापा आउन लागेकाेबारे प्रशिक्षक अलमुताइरीले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिइसकेका छन् ।

‘प्रतियाेगितामा उत्साह भर्न प्रशिक्षक अलमुताइरीलाई फाइलनमा बाेलाइएकाे हाे’ झापा गाेल्ड कपका अध्यक्ष विनाेद बस्नेतले भने, ‘वहाँ खेल अवधिभर मैदानमा नै रहेर खेल हेर्नुहुनेछ ।’

कुवेत मुलका प्रशिक्षक अलमुताइरी नेपाली फुटबल समर्थकमाझ निकै चर्चित छन् । सामाजिक सञ्जालमा निकै सक्रिय उनी समर्थक र फुटबल प्रेमीसँग निकै नजिक छन् ।

उनकै प्रशिक्षकमा नेपालले पहिलाेपटक साफ च्याम्पियनसिप फुटबलकाे फाइनल खेलेकाे थियाे ।

हाल एसियन कपकाे समूह चरणकाे तयारीमा रहेकाे नेपाल मार्च अन्तिममा थाइल्यान्डमा हुने दुई मैत्रिपूर्ण खेलका लागि प्रशिक्षणमा व्यस्त छ ।

कतार फुटबल एसाेसिएसनकाे सहयाेगमा गत चैत ६ गते नेपाली टाेली सम्हाल्न आइपुगेका अलमुताइरी कुवेतका प्राे लाइसेन्स प्राप्त प्रशिक्षक र एएफसी काेचिङ इन्स्ट्रक्टर समेत हुन् ।

पहिलाे पटक राष्ट्रिय फुटबल टाेली सम्हालेका अलमुताइरीसँग उमेर समूहका क्लब फुटबल र राष्ट्रिय टाेली सम्हालेकाे अनुभव छ ।

आक्रमक फुटबलशैली मनपराउने अलमुताइरीकाे आगमनसँगै नेपालकाे आक्रमण र काउन्टर एट्याकमा निकै सुधार भएकाे विश्वास गरिन्छ ।

प्रकाशित समय: सोमबार ३० फाल्गुण, २०७८, १०:५५:३९
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०