मुख्य प्रशिक्षक अलमुताइरी झापा आउँदै

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३० फाल्गुण, २०७८
५ वर्षअघि
अलमुताइरी

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपालकाे सुदूरपूर्व जिल्ला झापा आउने भएका छन् । 

झापामा जारी पाँचाैँ संस्करणकाे झापा गोल्डकपको फाइनल खेल हेर्न प्रशिक्षक विर्तामोड आउन लागेका हुन् ।

Advertisement

उनीसँगै नेपाली फुटबल टाेलीका व्यवस्थापक मधुसुदन उपाध्याय पनि झापा आउँदैछन् ।

विर्तमाेडस्थित डोमलाल राजवंशी रंगशालामा आज झापा गाेल्डकपकाे फाइनल खेल हुँदैछ ।

मध्यान्ह १२ बजे हुने फाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र आयाेजक झापा–११ को आमनेसामने हुँदैछन् ।

आफू खेल हेर्न झापा आउन लागेकाेबारे प्रशिक्षक अलमुताइरीले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिइसकेका छन् ।

‘प्रतियाेगितामा उत्साह भर्न प्रशिक्षक अलमुताइरीलाई फाइलनमा बाेलाइएकाे हाे’ झापा गाेल्ड कपका अध्यक्ष विनाेद बस्नेतले भने, ‘वहाँ खेल अवधिभर मैदानमा नै रहेर खेल हेर्नुहुनेछ ।’

कुवेत मुलका प्रशिक्षक अलमुताइरी नेपाली फुटबल समर्थकमाझ निकै चर्चित छन् । सामाजिक सञ्जालमा निकै सक्रिय उनी समर्थक र फुटबल प्रेमीसँग निकै नजिक छन् ।

उनकै प्रशिक्षकमा नेपालले पहिलाेपटक साफ च्याम्पियनसिप फुटबलकाे फाइनल खेलेकाे थियाे ।

हाल एसियन कपकाे समूह चरणकाे तयारीमा रहेकाे नेपाल मार्च अन्तिममा थाइल्यान्डमा हुने दुई मैत्रिपूर्ण खेलका लागि प्रशिक्षणमा व्यस्त छ ।

कतार फुटबल एसाेसिएसनकाे सहयाेगमा गत चैत ६ गते नेपाली टाेली सम्हाल्न आइपुगेका अलमुताइरी कुवेतका प्राे लाइसेन्स प्राप्त प्रशिक्षक र एएफसी काेचिङ इन्स्ट्रक्टर समेत हुन् ।

पहिलाे पटक राष्ट्रिय फुटबल टाेली सम्हालेका अलमुताइरीसँग उमेर समूहका क्लब फुटबल र राष्ट्रिय टाेली सम्हालेकाे अनुभव छ ।

आक्रमक फुटबलशैली मनपराउने अलमुताइरीकाे आगमनसँगै नेपालकाे आक्रमण र काउन्टर एट्याकमा निकै सुधार भएकाे विश्वास गरिन्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०