नेपालविरुद्ध युएईः युएईले दियाे एक सय ७६ रनकाे विजयी लक्ष्य

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १० फाल्गुण, २०७८
२ वर्षअघि
नेपालविरुद्ध युएईः

आइसिसी टी२० विश्वकप ग्लोबल क्वालिफायरको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (युएई)ले नेपाललाई एक सय ७६ रनको विजयी लक्ष्य दिएको छ ।

अल अमेरत क्रिकेट रङ्गशालमा भइरहेको नेपाल र युएईबीचको खेलमा नेपालले टस हार्दै पहिले फिल्डिङको लागि निम्तो पाएको थियो ।

युएईले सुरुवाती दश ओभरमा दुई विकेटको क्षतिमा ८४ रन बनाउँदै उत्कृष्ट सुरुवात गरेको थियो ।

युएईका लागि सर्वाधिक रन मोहम्मद वशिमले ७० र वृत्य अरिवन्दले ४६ रनको योगदान दिए ।

युएईलाई मध्य स्कारेमा रोक्न नेपालका लागि अविना बोहराले र जितेन्द्र मुखियाले समान तीन–तीन र कप्तान सन्दिप लामिछानेले एक विकेट लिए ।

नेपाललाई खेलको दोस्रो ओभरमा पहिलो सफलता मिलेको थियो ।

जितेन्द्र मुखियाले चिराग सुरीलाई बोल्ड आउट गर्दै पेभिलियन फर्काएका थिए ।

सुरीले पाँच बलको सामना गर्दै चार रन मात्रै जोड्न सफल भए ।

तर सुरी आउट भएसँगै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका वृत्य अरिवन्दले भने नेपाली बलरलाई दबाबमा राख्दै उत्कृष्ट पारी खेलेका थिए ।

पाँच चौका र तीन छक्कासहित २३ बलमा ४६ रनको उत्कृष्ट पारी खेलेका उनलाई नेपालका कप्तान सन्दिप लामिछानेले आफ्नो गुग्लीको धरापमा पार्दै क्लिन बोल्ड गर्दै क्रिज छाड्न बाध्य बनाए ।

लामिछानेले खेलको आठौँ ओभरको तेस्रो ओभरमा अरिवन्दले पेभिलियन पठाउँदै युएईलाई ठूलो स्कोर बनाउनबाट रोकेका थिए ।

तर त्यसपछि विकेटविहीन बनेको नेपाललाई युएईका मोहम्मद वशीमको आक्रमक पारीले दुःख दिएको थियो ।

कमलसिंह ऐरीको १३औं ओभरमा वशीमले अफ्नो अर्धशतक पूरा गरेका थिए ।

नेपालले तेस्रो सफलता १७औं ओभरमा पाएको थियो ।

अविनाश बोहराले मोहम्मद उसमानलाई ज्ञानेन्द्र मल्लमार्फत क्याच गराएका थिए । पेभिलियन फर्कनुअघि उसमानले २४ बलमा १७ रनको योगदान दिएका थिए ।

सोही ओभरमा बोहराले व्यक्तिगत दोस्रो विकेट लिँदै मोहम्मद वशीमलाई पेभिलियन फर्काए । ४८ बलमा ७० रन बनाएका वशीमलाई बोहराले १७औं बलको पाँचौँ बलमा आरिफ शेखमार्फत क्याच गराए ।

जितेन्द्र मुखियाले खेलको १८औं ओभरको नेपाललाई पाँचौँ सफलता दिलाए ।

१८औं ओभरको पहिलो बलमा मुखियाले वशिल हमिदलाई विवेक यादवमार्फत क्याच गराएर नेपाललाई खेलमा फर्काउने प्रयास गराए ।

१८औं ओभरको अन्तिम बलमा मुखियाले नेपाललाई छैटौँ सफलता दिलाए । मुखियाले जवार फरिदलाई ज्ञानेन्द्र मल्लमार्फत उत्कृष्ट क्याच गराए ।

१९औं ओभरको पाँचौँ बलमा काशिफ दाउदलाई क्रिज छाड्न बाध्य बनाउँदै नेपालले सातौँ सफलता हात पा¥यो ।

बोहराले दाउदलाई कप्तान लामिछानेमार्फत क्याच गराए । पेभिलियन फर्कनुअघि दाउदले चार बलमा चार रन बनाएका थिए ।

जारी क्वालिफायरमा कुनै पनि राष्ट्रिय टोलीले नेपालविरुद्ध बनाएको हालसम्मकै यो उच्च रन हो ।

क्वालिफायरको समूह चरणको पहिलो खेलमा नेपालले ओमानविरुद्ध खेलेको थियो । पहिलो खेलमा ओमानलाई ७८ रनमै समेटेर ३९ रनको जित निकाल्दै विजयी सुरुवात गरेको नेपालले दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३६ रनको विशाल अन्तरले हराएको थियो ।

फिलिपिन्सलाई ८२ रनमै समेटेको नेपाल समूह चरणको अन्तिम खेलमा क्यानडालाई आठ विकेटलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो ।

समूहको शीर्ष स्थानमा रहँदै समूह चरणका खेल सकेको नेपालले अन्तिम खेलमा क्यानडालाई ८० रनमै समेटेको थियो ।

आजको खेलमा नेपाल विजयी भए अस्ट्रेलियामा यहीँ वर्ष आयोजना हुने टी२० विश्वकपमा नेपालले आफ्नो स्थान पक्का गर्नेछ ।

नेपालले पछिल्लो पटक २०१४मा बङ्गलादेशमा सम्पन्न टी२० विश्वकपमा सहभागीता जनाएको थियो ।

२०१४ को विश्वकप नै नेपालको पहिलो र पछिल्लो विश्वकप सहभागीता हो ।

 

प्रकाशित समय: मङ्गलबार १० फाल्गुण, २०७८, १७:१४:३८
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८