पल शाहको स्पष्टीकरण : मसँग जोडिएका घटनाहरू वास्तविकभन्दा धेरै टाढा

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १० फाल्गुण, २०७८
२ वर्षअघि
पल शाह

पल शाहले आफूसँग जोडिएका घटनाहरू वास्तविकभन्दा टाढा रहेको स्पष्टीकरण दिएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत नायक शाहले पछिल्लो समय मिडियामा गसिप भइरहेको विषय साँचो नभएको जनाएका हुन् ।

पछिल्लो समय पल शाह र गायिका समीक्षा अधिकारीको अन्तरङ्ग सम्बन्धबारे विभिन्न समाचारहरू प्रकाशित भइरहेका छन् ।

केही समयअगाडि पलसँग सम्बन्धमा रहेको कुरा सार्वजनिक भएपछि समीक्षाले सामाजिक सञ्जालमार्फत सबै कुरा भ्रामक भएको बताएकी थिइन् ।

पछि ती कुरालाई खण्डन गदै वास्विकता अरू नै भएको र आफूले कुनै दिन सबै कुरा सार्वजनिक गर्ने प्रतिबद्धतासमेत जनाएकी थिइन् ।

यसै क्रममा सोमबार पल शाहको एक अडियो सार्वजनिक भयो जसमा पलले समीक्षालाई अस्वीकार गरेको भनाइहरू थिए ।

साथै अर्कोतर्फ समीक्षाको पनि अडियो सार्वजनिक भएको छ ।

जसमा समीक्षाले पल शाहको प्रेममा कसरी फसेँ ? भन्ने कुराको वृतान्त बताएकी छन् ।

यसरी अडियो सामाजिक सञ्जालमा भाइरल नै भएपछि पलले यी सबै कुरा भ्रामक भएको बताएका छन् ।

उनले गायिकालाई कसैले उकास्न लगाएको आरोप पनि लगाएका छन् ।

साथै पलले आफूलाई ‘प्ले ब्वाई’ को उपनाम दिएकोमा आफ्नो गम्भीर ध्यानआकर्षण् भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल लेखेका छन् –‘विगत केही समययता मसँग एक जना गायिकाको नाम जोडेर केही अनलाइन सञ्चारमाध्यमहरूमा ‘रियल हिरो कि प्ले ˗ब्वाई’ भन्ने जस्ता शीर्षक, मेरो अन्य महिला साथीहरूको मञ्जुरी र अनुमतिबिना निजहरूको समेत तस्बिर राखी बनाइएको रिर्पोट र अन्य विभिन्न भ्रामक शीर्षक राखी आपत्तिजनक शब्दहरू प्रयोग गरी तथ्यविहीन लाल्छना लगाएर मेरो तथा निज गायिकाको समेत व्यावसायिक एवम् व्यक्तिगत जीवनमा धक्का पुग्ने गरी प्रकाशित र प्रसारित भएको रिर्पाट, अडियो तथा समाचारहरू प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।’

यस्तै, उनले अनलाइन माध्यमहरूमा प्रकाशित समाचार र अडियो रेकर्डहरू हेर्दा र सुन्दा आफैँ आश्चर्यचकित भएको उल्लेख गरेका छन् ।

‘प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसँग मिलेको जस्तो भएतापनि उक्त आवज मेरो हो भन्नेमा पूर्ण शङ्का छ,’ उनले लेखेका छन्, ‘प्रविधिको कुटिल प्रयोगमार्फत जस्तोसुकै र जोसुकैको आवाजलाई भिन्नभिन्न ढङ्गबाट प्रयोग गर्न सकिने कुरा सामान्य भइसकेको छ । यहाँ पनि फरक प्रसङ्ग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका संवादहरूलाई हाम्रो वास्तविक जीवनसँग जोड्ने प्रयासमा रहनुभएका मेरा केही पुरुष सहकर्मी (व्यावसायीक प्रतिस्पर्धी) ले निज गायिकालाई मेरा विरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो । निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरूले उकासेबमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिर्पोटले थप पुष्टि गरेको छ ।’

यो पनि:

भ्यालेन्टाइन डे स्पेसल : अन्तरजातीय बिहे गरेका जीवन र लक्ष्मीको सङ्घर्ष

प्रकाशित समय: मङ्गलबार १० फाल्गुण, २०७८, ११:५१:५१
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८