विनोद र निर्मलाको बिहे भएको पाँच वर्ष बितिसकेको थियो ।
तीन वर्षको छोरो पनि थियो ।
उनीहरूमा ठाकठुक नपरेको दिन हुँदैनथ्यो ।
विनोदको कहिलेकाहीँ पिउने बानी थियो ।
त्यसैले झगडाको मुख्य कारण यही बनेको थियो ।
एकदिन विनोदलाई अलि बढिनै लागेछ । दुवैको भनाभनले ठुलै रूप लियो ।
निर्मला फन्किएर हिँड्दा धारामा चिप्लिएर हातमा चोट लाग्यो ।
उनी ‘मार्यो नि !’ भन्दै छोरो च्यापेर माइतीतिर लागी ।
एक्सरे गरेर हेर्दा हात भाँचिएको रहेछ ।
हातमा सिमेन्ट प्लास्टरपछि बा-आमा छोरीलाई लिएर सीधै थाना पुगे ।
ज्यान मार्ने उद्देश्यले हतियार प्रयोग गरी हात भाँचेको र छोरीले भागेर ज्यान बचाएको भन्दै निवेदन दिए ।
विनोदलाई थानामा ल्याइयो र केही दिन राखेपछि ऊ धरौटीमा छुट्यो ।
उता अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा चलिरहेको थियो ।
फैसलाको अघिल्लो दिन ससुराले ज्वाइँलाई जरुरी सल्लाह गर्नु छ भनेर घरमा बोलाए ।
ज्वाइँलाई बोलाएर उनले भने, ‘के गर्नु आफ्नै हातमुखले आँगन पोलेर पाउ पुजेर दिएको ज्वाइँ सैतान परेपछि सबैलाई पिरलो भयो । ज्वाइँको नाता लाउने आज अन्तिम दिन, सल्लाह धेरै गर्नु छ । नाति पनि छ, भोलि त्यँहा कुरा बाझिनभन्दा यतै टुङ्गो लगाऊँ भनेर बोलाएको ।’
बेलुकाको खाना खाएपछि सबै जम्मा भएर धेरै शीर्षकमाथि छलफल गरे ।
विनोदले गल्ती स्वीकारे पनि कसैले सुनेनन् । कुरा टुङ्ग्याएर सबै सुत्न गए ।
एकछिन पछि निर्मला मोबाइलमा पैसा सकिएर किन्न बाहिर निस्किई ।
झ्यालमा हेरर टोलाएको विनोद निर्मला निस्किएको देखेर सर्लक्क निस्कियो र स्वास्नीको पछि लाग्यो ।
उसले भेटेर हात जोड्दै भन्यो,- ‘हेर निर्मला दुवै आगो-आगो परियो, मैले तिमीमाथि त्यति धेरै अन्याय गरेझैँ त लाग्दैन । यो उमेरमा त्यतिकै बस्ने कुरा पनि त आउँदैन । यो दोस्रो विवाहको चक्कर भनेको अरूको दृस्टिकोणमा अलिकति हल्का र आफ्नै लागि झन्झटिलो काम हो ।’
जबाफमा उनले भनिन्, ‘मैले पनि बढाईचढाई न भनेँ बा-आमालाई । तर वसनोद काम त निक्कै अघि बढिसकेको छ, भोलि त हाम्रो सम्बन्ध बिच्छेद हुँदै छ । मैले नाइनास्ती गर्नेबित्तिकै सबैको नजरमा म पङ्गू हुन्छू।’
-‘त्यसको उपाय पनि छ मसँग।’
-के हो भन न विनोद ?’
– ‘यतैबाट भागौँ ।’
यो पनि :