लघुकथा : लोग्ने-स्वास्नीको प्रेम

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २९ माघ, २०७८
४ वर्षअघि

विनोद र निर्मलाको बिहे भएको पाँच वर्ष बितिसकेको थियो ।

तीन वर्षको छोरो पनि थियो ।

उनीहरूमा ठाकठुक नपरेको दिन हुँदैनथ्यो ।

विनोदको कहिलेकाहीँ पिउने बानी थियो ।

त्यसैले झगडाको मुख्य कारण यही बनेको थियो ।

एकदिन विनोदलाई अलि बढिनै लागेछ । दुवैको भनाभनले ठुलै रूप लियो ।

निर्मला फन्किएर हिँड्दा धारामा चिप्लिएर हातमा चोट लाग्यो ।

उनी ‘मार्‍यो नि !’ भन्दै छोरो च्यापेर माइतीतिर लागी ।

एक्सरे गरेर हेर्दा हात भाँचिएको रहेछ ।

हातमा सिमेन्ट प्लास्टरपछि बा-आमा छोरीलाई लिएर सीधै थाना पुगे ।

ज्यान मार्ने उद्देश्यले हतियार प्रयोग गरी हात भाँचेको र छोरीले भागेर ज्यान बचाएको भन्दै निवेदन दिए ।

विनोदलाई थानामा ल्याइयो र केही दिन राखेपछि ऊ धरौटीमा छुट्यो ।

उता अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा चलिरहेको थियो ।

फैसलाको अघिल्लो दिन ससुराले ज्वाइँलाई जरुरी सल्लाह गर्नु छ भनेर घरमा बोलाए ।

ज्वाइँलाई बोलाएर उनले भने, ‘के गर्नु आफ्नै हातमुखले आँगन पोलेर पाउ पुजेर दिएको ज्वाइँ सैतान परेपछि सबैलाई पिरलो भयो । ज्वाइँको नाता लाउने आज अन्तिम दिन, सल्लाह धेरै गर्नु छ । नाति पनि छ, भोलि त्यँहा कुरा बाझिनभन्दा यतै टुङ्गो लगाऊँ भनेर बोलाएको ।’

बेलुकाको खाना खाएपछि सबै जम्मा भएर धेरै शीर्षकमाथि छलफल गरे ।

विनोदले गल्ती स्वीकारे पनि कसैले सुनेनन् । कुरा टुङ्ग्याएर सबै सुत्न गए ।

एकछिन पछि निर्मला मोबाइलमा पैसा सकिएर किन्न बाहिर निस्किई ।

झ्यालमा हेरर टोलाएको विनोद निर्मला निस्किएको देखेर सर्लक्क निस्कियो र स्वास्नीको पछि लाग्यो ।

उसले भेटेर हात जोड्दै भन्यो,- ‘हेर निर्मला दुवै आगो-आगो परियो, मैले तिमीमाथि त्यति धेरै अन्याय गरेझैँ त लाग्दैन । यो उमेरमा त्यतिकै बस्ने कुरा पनि त आउँदैन । यो दोस्रो विवाहको चक्कर भनेको अरूको दृस्टिकोणमा अलिकति हल्का र आफ्नै लागि झन्झटिलो काम हो ।’

जबाफमा उनले भनिन्, ‘मैले पनि बढाईचढाई न भनेँ बा-आमालाई । तर वसनोद काम त निक्कै अघि बढिसकेको छ, भोलि त हाम्रो सम्बन्ध बिच्छेद हुँदै छ । मैले नाइनास्ती गर्नेबित्तिकै सबैको नजरमा म पङ्गू हुन्छू।’

-‘त्यसको उपाय पनि छ मसँग।’
-के हो भन न विनोद ?’
– ‘यतैबाट भागौँ ।’

यो पनि :

लघुकथा : जाडोका पाहुना

प्रकाशित समय: शनिवार २९ माघ, २०७८, १९:४१:४५
सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी
सोमबार १८ साउन, २०८३
मलेसिया रोजगारीमा सिन्डिकेट गराउने प्रयासमा मन्त्रालयको संलग्नता छैन : श्रम मन्त्रालय
सोमबार १८ साउन, २०८३
सुस्तामा नेपाली–भारतीय पक्षबिच हुने भनिएको छलफल स्थगित
सोमबार १८ साउन, २०८३
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
सोमबार १८ साउन, २०८३
राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेशी आयोगको प्रतिवेदन पेस गर्ने
सोमबार १८ साउन, २०८३
सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
सोमबार १८ साउन, २०८३
हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह
आईतबार १७ साउन, २०८३
निम्स दाइको निधनमा गाउँपालिकाद्वारा शोक बिदा घोषणा
आईतबार १७ साउन, २०८३
इरानमाथिको आक्रमण स्थगित गरेको ट्रम्पको दाबी
आईतबार १७ साउन, २०८३
जीवन विकास सामुदायिक अस्पतालमा रक्तदान, ५४ युनिट रगत संकलन
आईतबार १७ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०