लघुकथा : जाडोका पाहुना

प्रभादेवी पाैडेल
शनिवार २२ माघ, २०७८
५ वर्षअघि

नव विवाहित भाउजूलाई देवरले भन्यो,-‘पर्सि मेरो चितवनको साथीको बिहे हुँदै छ, साँची हजुरको माइती कहाँनेर अरे भाउजू ?’

भाउजूले खुसी हुँदै भनिन्,-‘हुन्छ, जानुहोस् बाबू । भेटघाट पनि हुन्छ । हजुर आएको देखेर बाआमा निक्कै खुसी हुनुहुने छ ।’

Advertisement

उनले पुनः थपिन्, ‘त्यही चौबीस कोठी झरेर पूर्वतर्फको बाटो समाउनू, पाँच मिनेटमै घर आउँछ, अनि बाबू, चोकमा गएर विद्युत् प्राधिकरणमा काम गर्ने महेश्वर भट्टराईको घर भनेपछि जस्तै आँखा नदेख्नेले पनि देखाइदिन्छ ।’

भाउजूका कुरा सुनेपछि ऊ मख्ख परेर बिहेमा गयो ।

पुग्नेबित्तिकै बिहे घरमा हाजिर भएर एउटा साथी लिएर भाउजुको माइतीमा गयो ।

‘ज्वाइँ नानी’ भनेर उनीहरूले निक्कै सम्मान गरे ।

खानपिनपछि भाउजू बाले भने,-‘बाबू बेलुका फर्कँदा कतिबेला हुन्छ बिहेघरमा घन्चमन्च सहनुभन्दा सुत्न पनि यतै आउनू नी !’

यो कुरा सुनेर हुन्छ नि बुबा हामी आइहाल्छौँ भनेर उनीहरू पुनः बिहेघर फर्किए ।

बिहेमा उसका साथीहरू धेरै भेटिए ।

बेहुली लिएर फर्कँदा निक्कै अबेर भएको थियो ।

ऊ र उसका साथीहरू दुलही भित्रिन नपाउँदै दाइको ससुरालीतिर लागे ।

उनी १० जना साथीहरूलाई लिएर मध्यरातमा दाइको ससुराली पुगेका थिए ।

त्यसबेला दाइको सुसुरालीमा सबै सुतिसकेका थिए ।

छोरीको देवर र उसका साथीहरू भोकै आएको भन्दै बिरामी भएकै अवस्थामा पनि आमा टाउकोमा फेटा बाँधेर खाना पकाउन थालिन् ।

बाले आफूलाई नभएर पनि ओड्ने ओछ्याउने व्यवस्था गरे ।

रातभरि छोरीको देवर र उसका साथीहरू गुनगुन गफ गर्ने हाँस्ने गरेपछि त्यस घरका कोही राम्ररी सुत्न पाएनन् ।

भोलिपल्ट बिहान पनि उसैगरी स-सम्मान आमा-बुबाले चियानास्ता गरी उनीहरूलाई बिदा गरे ।

यता, भोज सकेर ऊ घर गयो र आमालाई भन्यो, ‘आमा भाउजूका माइती त त्यति हुनेखाने त लागेन ।’

‘को को गएका थियौ र बाबू ?, – आमाको प्रश्न भुइँमा खस्न नपाउँदै उसले भन्यो, ‘हामी १० जना थियौँ आमा।’

उसले कुरा सक्न नपाउँदै उनीहरूको सबै कुरा सुनिरहेकी हजुरआमाले जङ्गिँदै भनिन्, ‘बाबू उनीहरूको दोष होइन तैँ बेकुफ होस् ।’

हजुरआमाले पुनः थपिन्, ‘बिहेमा गएको मान्छे त्यत्रा साथी बटुलेर भोकै आधा रातमा जानु हुन्छ ? अनि जाडोको महिना घरकालाई बाहेक फाल्तु १०-१० जोर ओढ्ने ओछ्याउने कसका घर हुन्छ ?’

नातिले अचम्म मानिरहेकै अवस्थामा फेरि पनि हजुरआमाले थपिन्, ‘आफ्नै घरमा पनि विचार गर ! तँ त छोरो मान्छे, भान्छा उम्किएपछि पाहुना आउँदा कति तनाब हुन्छ भन्ने । कुरा त हामी छोरी मान्छेलाई मात्रै थाहा हुन्छ, त्यसैले बुद्धि भएको मान्छे कसैको घर पाहुना हुन जाँदा यी कुरा विचार गरेर मात्र जानुपर्छ बाब !’

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि ओलीको आग्रह– ‘सरकार फराकिलो मनका साथ उद्धारमा जुटोस्’
आईतबार २५ असोज, २०८३
कांग्रेस महामन्त्रीमा सुनील शर्माको मत बढ्दै, दोस्रो स्थानका राणासँग नजिक
आईतबार २५ असोज, २०८३
क्यानडाविरुद्ध रोहित पौडेलको शतक
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि झलनाथ खनालको आग्रह : उद्धार र जीवनरक्षामा जुट्न निर्देशन
आईतबार २५ असोज, २०८३
रिहा भएपछि ध्रुव राठीको आरोप– ‘पुलिसले मलाई किडन्याप नै गरेको हो’
आईतबार २५ असोज, २०८३
बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु
आईतबार २५ असोज, २०८३
दिल्ली प्रदर्शनमा सामूहिक पक्राउविरुद्ध सर्वोच्चमा आकस्मिक सुनुवाइ
आईतबार २५ असोज, २०८३
घटस्थापनाको दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
आईतबार २५ असोज, २०८३
बूढीगण्डकीमा आएको बाढीप्रति देउवाद्वारा दुःख व्यक्त
आईतबार २५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०