आलोचनासँगै चर्चा कमाएको युट्युब रियालिटी सो ‘ब्लाइन्ड डेट’ अब टेलिभिजनमा प्रसारण हुने भएको छ ।
पहिलो सिजन युट्युबमा रिलिज गरिएको सोको दोस्रो सिजन हिमालय टिभीमा प्रसारण हुनेभएको हो ।
सोका निर्देशक रोशन दाहाल र हिमालय टेलिभिजनबीच सम्झौता भएसँगै ब्लाइन्ट डेट चैत अन्तिम साता वा नयाँ वर्षको पहिलो साताबाट प्रसारण हुने भएको छ ।
दर्शकले अत्यधिक रुचाएपछि सोलाई टेलिभिजनमा प्रिमियर गर्ने तयारी गरिएको निर्देशक दाहालले बताएका छन् ।
पहिलो सिजनको ‘ब्लाइन्ड डेट’ को उपाधि ‘किङ र क्विन’ बन्दै सिलु र किरनले जितेका थिए भने राम र नर्वदा ‘उत्कृष्ट जोडी’ चुनिएका थिए ।