नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले अहिले अफ्रिकी देश मोरिससविरुद्ध पहिलो मैत्रीपूर्ण खेल खेलिरहेको छ ।
अहिले सो खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी छ ।
नेपालको तर्फबाट गोलरक्षक तथा कप्तान किरण चेम्जोङको कप्तानी मोरिससविरुद्धको अग्रपङ्तिमा विमल घर्तीमगर, अन्जन विष्ट र सुनिल बल रहेका छन् ।
मिडफिल्डमा तेज तामाङ, सुमन लामा र सुरज ज्यू ठकुरी रहेका छन् ।
त्यस्तै डिफेन्स सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ र देवेन्द्र तामाङ रहेका छन् ।
मोरिसस नेपालका लागि आधिकारिक पहिलो अफ्रिकन प्रतिद्वन्द्वी हो ।
नेपालले आफ्नो फुटबल इतिहासमा पहिलो पटक औपचारिक मान्यताप्राप्त आधिकारिक खेलमा कुनै अफ्रिकी देशको सामना गर्न लागेको हो ।
यसअघि नेपालले अफ्रिकी राष्ट्रसँग फुटबल खेलेको थिएन ।
यसअघि नेपालले दुई पटक अफ्रिदी देशसँग खेलेको भएपनि ती दुवै खेल औपचारिक मान्यताप्राप्त भने थिएनन् ।
सन् १९८३ मा नेपालले मलेसियामा भएको मर्डेका कप खेलेको थियो, जसमा उसले अल्जेरिया ११ सँग खेलेको थियो ।
सो खेलमा नेपाल २–० गोलले पराजित भएको थियो ।
यस्तै, सन् २००८ को मर्डेका कपमै नेपालले सिरालियोन यु–२० सँग खेलेको थियो ।
जसमा नेपाल ३–१ ले पराजित भएको थियो ।
मोरिससले एक पटक अफ्रिका कप अफ नेसन्समा सहभागिता जनाइसकेको छ ।
सन् १९७४ मा उक्त प्रतियोगिता खेलेको माेरिससका लागि यो नै ठुलो उपलब्धि हो ।
यता, मोरिससको भने यो दोस्रो दक्षिण एसियाको भ्रमण हो ।
यसअघि उसले सन् २०१७ मा भारतको भ्रमण गरेको थियो, जसमा मोरिसस २-१ गोलले पराजित भएको थियो ।