जितको खडेरी तोड्ने नेपालको लक्ष्य !

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १५ माघ, २०७८
३ वर्षअघि

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले शनिबार (आज) अफ्रिकी देश मोरिससविरुद्ध पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने सो खेल अपराह्न ४ः४५ बजेबाट सुरु हुनेछ ।

मोरिसस नेपालका लागि आधिकारिक पहिलो अफ्रिकन प्रतिद्वन्द्वी हो ।

नेपालले आफ्नो फुटबल इतिहासमा पहिलो पटक औपचारिक मान्यताप्राप्त आधिकारिक खेलमा कुनै अफ्रिकी देशको सामना गर्न लागेको हो ।

यसअघि नेपालले अफ्रिकी राष्ट्रसँग फुटबल खेलेको थिएन ।

यसअघि नेपालले दुई पटक अफ्रिदी देशसँग खेलेको भएपनि ती दुवै खेल औपचारिक मान्यताप्राप्त भने थिएनन् ।

सन् १९८३ मा नेपालले मलेसियामा भएको मर्डेका कप खेलेको थियो, जसमा उसले अल्जेरिया ११ सँग खेलेको थियो ।

सो खेलमा नेपाल २–० गोलले पराजित भएको थियो ।

यस्तै, सन् २००८ को मर्डेका कपमै नेपालले सिरालियोन यु–२० सँग खेलेको थियो ।

जसमा नेपाल ३–१ ले पराजित भएको थियो ।

मोरिससले एक पटक अफ्रिका कप अफ नेसन्समा सहभागिता जनाइसकेको छ ।

सन् १९७४ मा उक्त प्रतियोगिता खेलेको माेरिससका लागि यो नै ठुलो उपलब्धि हो ।

यता, मोरिससको भने यो दोस्रो दक्षिण एसियाको भ्रमण हो ।

यसअघि उसले सन् २०१७ मा भारतको भ्रमण गरेको थियो, जसमा मोरिसस २-१ गोलले पराजित भएको थियो ।

जितको खडेरी तोड्ने लक्ष्य

नेपालले फिफाबाट मान्यताप्राप्त अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित हात नपारेको ११ वर्ष पूरा हुन लागिसकेको छ ।

पछिल्लो पटक नेपालले सन् २०११ को मार्चमा १९ मा भुटानविरूद्धको मैत्रीपूर्ण खेलमा जित हात पारेको थियो ।

भुटानलाई घरेलु मैदानमा २-१ ले हराएयता नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित निकाल्न सकेको छैन ।

सोही वर्षको अक्टोबरमा फिलिपिन्ससँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेलेको थियो ।

सो खेलमा नेपाल ४-० ले पराजित भएको थियो ।

भुटानलाई हराएपछि नेपालले २१ वटा आधिकारिक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दा १५ खेलमा हार बेहोरेको छ भने ६ खेल बराबरीमा रोकिएको छ ।

अब, मोरिससविरुद्धको खेलमा भने नेपालले स्पस्ट जितको अपेक्षा राखेको नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठ र कप्तान किरण चेम्जोङले बताएका छन् ।

खेलअघि आयोजित पत्रकार सम्मेलनमा सहायक प्रशिक्षक श्रेष्ठले मोरिसससँगको खेलका लागि नेपाली टोली सबै हिसाबले तयार भएको बताए ।

‘पहिलो खेलका लागि हामीले सबै तयारी गरिसकेका छौँ । पुरानो गल्तीहरुलाई सुधार गरेर राम्रो प्रदर्शन गर्नेछौँ । नेपालले यस खेललाई एसियन कप छनोटको तयारीका रुपमा लिएकोको छ,’ प्रशिक्षक श्रेष्ठले भने ।

नेपालले आगामी जुनमा एसियन कप छनोटको तेस्रो चरणका छनोट खेल्दै छ ।

त्यसका लागि नेपाली प्रशिक्षकहरू युवा खेलाडीहरुलाई अहिले प्रयोग गर्ने रणनीतिमा छन् ।

यस्तै, मोरिससका प्रशिक्षक टोनी फ्रानइसले नेपालविरुद्ध राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेको बताए ।

‘हामी साढे दुई वर्षपछि अन्तर्राष्ट्रिय खेल खेल्दैछौँ । नेपाल बलियो टोली हो । नेपालसँग खेल्न हामीले ४५ दिन मात्र तयारी गरेका छौँ । तरपनि नेपाल विरुद्ध खेल्न त्यति सहज छैन,’ फ्रानइसले भने ।

मोरिससविरुद्ध दुई खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा दुई फरक टोली घोषणा गरिसकेका छन् ।

नयाँ खेलाडीलाई पनि अन्तर्राष्ट्रिय खेलको अनुभव दिने उद्देश्यले अल्मुताइरीले दुई टोली बनाएको बताएका छन् ।

मोरिसससँगको दोस्रो खेल मंगलबार हुनेछ ।

पहिलो खेलका लागि नेपाली टोली :

किरण चेम्जोङ, दीप कार्की, टेकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, सुदीप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्तीमगर सुनिल बल, नितिन थापा, आकाश बुढामगर, कृतिस रत्न छुन्जु र जगजित श्रेष्ठ ।

प्रकाशित समय: शनिवार १५ माघ, २०७८, ११:२०:३९
भारतीय नागरिक १० किलो गाँजासहित पक्राउ
मङ्गलबार ३० ब‌ैशाख, २०८२
आन्दोलन शान्तिपूर्ण हुन्छ, भड्काउने काम नगर्नुहोस् : कमल थापा
मङ्गलबार ३० ब‌ैशाख, २०८२
नेपालमा सीए शिक्षामा अब नयाँ पाठ्यक्रम
मङ्गलबार ३० ब‌ैशाख, २०८२
कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्नुपर्छ : गृहमन्त्री
मङ्गलबार ३० ब‌ैशाख, २०८२
विस्थापितलाई पुनर्स्थापना गर्न भूमि ऐन तत्काल चाहियो : एमाले सांसद तामाङ
मङ्गलबार ३० ब‌ैशाख, २०८२
पनौतीको बाढीमा परेर बेपत्ता महिलाको खोजी जारी
मङ्गलबार ३० ब‌ैशाख, २०८२
धुलिखेलको खड्पुमा घरभित्रै छिर्‍यो टिपर
मङ्गलबार ३० ब‌ैशाख, २०८२
रुस–युक्रेन वार्ता : ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
मङ्गलबार ३० ब‌ैशाख, २०८२
पाकिस्तानले आक्रमण गरेको भनिएको पञ्जाबको आदमपुर एयरबेसमा पुगे मोदी
मङ्गलबार ३० ब‌ैशाख, २०८२
गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति संसद्‌मा ध्यानाकर्षण
मङ्गलबार ३० ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०