बलिउड अभिनेत्री मौनी रायले विवाह बन्धनमा बाधिएकी छिन् ।
टीभी सिरियलकी ‘नागिन’को रुपमा चर्चित मौनीले बिहीबार आफ्ना प्रेमी सुरज नाम्बियारसँग गोवामा विवाह गरेको भारतिय मिडियाले जनाएका हुन् ।
मौनी र सुरजको विवाहका तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
दुवैका परिवारका सदस्य र नजिकका साथीहरूको उपस्थितिमा मलयाली र बङ्गाली रीतिरिवाजअनुसार उनीहरूको विवाह भएको हो ।
सन् २००७ मा ‘क्योंकि सास भी कभी बहू थी’ नामक सिरियलबाट करिअर शुरु गरेकी मौनीले सन् २०१८ मा ‘गोल्ड’बाट बलिउडमा डेब्यु गरेकी हुन् ।