शुक्रराज ट्रपिकल तथा सरुवा अस्पताल टेकुमा भोली (मङ्गलबार)बाट पुनः कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन हुने भएको छ ।
अस्पतालले हिजो मात्र विज्ञप्ति जारी एक साताका लागि खाेप अभियान स्थगित भएकाे जानकारी गराएकाे थियाे ।
अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी गरि ५० भन्दा बढीमा कोभिड–१९ सङ्क्रमण देखिएकाे भन्दै आज (साेमबार) देखि माघ १६ गतेसम्म अस्पतालले खाेप अभियान स्थगित गरेकाे थियाे ।
तर आवश्यक जनशक्ति व्यवस्थापन हुने भएपछि अस्पतालले मङ्गलबार १० बजेबाट पुनः खोप अभियान चलाउने निर्णय गरेको छ ।
अस्पतालका निर्देशक डाक्टर मनीषा रावलका अनुसार काठमाडौँ महानगरपालिका, स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएको छ ।