शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम स्थगित भएको छ ।
अस्पतालले विज्ञप्ति जारी गर्दै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी गरि ५० भन्दा बढी कोभिड–१९ बाट सङ्क्रमित भएपछि एक साताका लागि खोप अभियान स्थगित भएको जानकारी गराएको हो ।
अस्पातलमा सञ्चालित कोभिड-१९ विरूद्धको नियमित खोप कार्यक्रममा २०७८ माघ १० देखि २०७८ माघ १६ गतेसम्म स्थगित गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।