कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टबाट सङ्क्रमित भएका मानिसमा सङ्क्रमण भएको दुई देखि पाँच दिनपछि लक्षण देखिने हुन्छ ।
सामान्यता ओमिक्रोनका लक्षण रुघाखोकी जस्तै हुन्छन् जुन पाँच दिन सम्म रहने नाइएको छ । अध्ययनको क्रममा बेलायतको जो कोभिड एपले ओमिक्रोनका बिरामीमा देखिएका २० लक्षणको पत्ता लगाएको छ । ओमिक्रोनबाट सङ्क्रमित भएकामा देखिन्छन् यस्ता २० लक्षणः
– टाउको दुख्ने
– नाकबाट सिँगान बग्ने
– ज्वरो
– थकान
– कमजोरी
– घाँटी खसखस हुने
– हाच्छिउँ आउने
– लगातार खोकी आउने
– चिसो लाग्ने वा शरीर काम्ने
– रिङ्गटा लाग्ने
– ब्रेन फग
– गन्ध हराउने
– स्वाद हराउने
– आवाज परिवर्तन हुने
– आँखा दुख्ने
– मासंपेसी दुख्ने
– छाती दुख्ने
– छालामा र्यासेस आउने
– ग्रन्थीहरू सुन्निने
– भोक नलाग्ने आदि