गायिका आनिछोइङ ड्रोल्मालाई कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण भएको छ ।
शुक्रबार सामाजिक सञ्जालमार्फत ड्रोल्माले आफूलाई कोरोना सङ्क्रमण भएको बताएकी छन् ।
कोरोना सङ्क्रमण भएका कारण आफू होम आइसोलेसनमा रहेको जनाउँदै उनले लेखेकी छन्, ‘कोरोनाले धेरैलाई सङ्क्रमित गर्ने सम्भावना छ ।
त्यसैले सावधानी अपनाउनुहोला । मास्क लगाउनुहोला, ह्यान्ड सेनिटाइजर बारम्बार प्रयोग गर्नुहोस् ।’यस्तै, अनावश्यक अवस्थामा घरबाट बाहिर ननिस्किनसमेत उनको सुझाव छ ।